Comments Add Comment

ताप्लेजुङ समाजसेवा युएईको अध्यक्षमा सोनी भण्डारी चयन

युएई / ताप्लेजुङ समाजसेवा युएईको प्रथम अधिबेशन सोनी भण्डारीको नेतृत्वमा नयाँ समिति चयन गर्दै सकिएको छ ।

दुई वर्षे कार्यकालका लागि प्रथम उपाध्यक्षमा दावा छिरिङ शेर्पा र तृतीय उपाध्यक्षमा घनेन्द्र खतिवडा चयन भएका छन् ।

यस्तै, महासचिव, सचिव, कोषाध्यक्ष र सह-कोषध्यक्षमा क्रमशः भवानी लिम्बु, बुद्ध लिङदेन, रस्ना लिम्बु र धनेन्द्र कार्की चयन भएका छन् ।

नवगठित समितिको अन्य सदस्यहरुमा शिवरात्री नाल्बो, लोकेन्द्र पालुङ्वा, नुपु शेर्पा, बलराम अधिकारी, सरस्वती लिम्बु, यसोधा कार्की, खगेन्द्र अधिकारी, गौरवा ओली, टंक गुरुङ, रिज्जु सिटौला, राज लिम्बु, विकास बनेम, उदीप ओख्राबो, विवेक लिङ्देन, राम अन्छोङबो र ओङ्दी शेर्पा चयन भएको नवगठित समितिका महासचिव भवानी लिम्बुले बताए ।

यस्तै, गुनजमान गुरुङको संरक्षकत्वमा चार सदस्यीय सल्लाहकारसमेत चयन गरिएको छ । जसमा गजबहादुर बनेम, पारसमणि पौडेल, डम्बर लिवाङ् लिम्बु र काजी गौतम रहेका छन् । अन्य सल्लाहकार पछि थप्न सकिने प्रावधान राखिएको महासचिव लिम्बुले बताए ।

प्रथम महाधिबेशनमा संस्थाले १० वर्षदेखि युएईमा काम गर्दै आएका पत्रकार उमाकान्त पाण्डेलाई सम्मान गरेको छ । सूचनाको हकलाई नागरिक समक्ष पुर्‍याउन युएईमा रहेर पत्रकारितामार्फत दिएको योगदानको मुल्यांकन गर्दै पत्रकार पाण्डेलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको संस्थाकी अध्यक्ष सोनी भण्डारीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment