Comments Add Comment

यो हो दुनियाकै ठूलो मौरी

विश्वकै सबैभन्दा ठूलो आकारको मौरी फेला परेको छ । यो मौरी मानिसको औँला जत्तिकै ठूलो आकारको रहेको छ ।

इण्डोनेसियाको एक टापुस्थित जंगल क्षेत्रमा उक्त मौरी फेला परेको हो । जिव विज्ञहरुले उक्त प्रजातिको एक पोथी मौरी फेला पारेका हुन् । त्यो मौरीको नाम वालेस जाएन्ट बी हो । जिव वैज्ञानिक अल्फ्रेड रसेल वालेसको नामबाट त्यो झिंगाको नाम राखिएको हो ।

वैज्ञानिकले सन् १९८१ मा एक पटक उक्त प्रजातिको झिंगा देखेका थिए तर त्यसपछि त्यो मौरी कतै देखिएन । वैज्ञानिकले त्यो प्रजातिको लोप भएको अनुमान गरेका थिए । अन्ततः गत जनवरीमा उत्तरी इण्डोनेसियाको मल्यूकस टापुमा एक्कासी यो प्रजातिको एउटा मौरी देखा परेको हो ।

यो मौरीको पखेटाको आकार ६ सेमी रहेको छ । यसले उड्दाखेरी निकै ठूलो आवाज निकाल्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment