Comments Add Comment

८ महिनासम्म वाइडबडीले पाएनन् नयाँ गन्तब्य

१३ फागुन, काठमाडौं । मंगलबार वायुसेवा निगमको वाइडबडी विमान नेपाल आइपुगेको ८ महिना बित्दैछ । तर, नयाँ दुई वाइडबडी अन्नपूर्ण र मकालुलाई जापान, कोरिया चीन र साउदीमा पनि उडाउने निगमको योजना अधुरै छ ।

अहिले पनि वाइडबडीलाई निगमकै पुराना गन्तब्यहरुमा उडाइँदैछ । विमान आएको लामो समय भइसक्दा पनि यिनले नयाँ गन्तब्य पाउन सकेका छैनन् ।

यसले गर्दा निगमलाई वाइडबडीको किस्ता तिर्न मुस्किल परिरहेको छ भने निगमको आर्थिक अवस्था खराब बन्दै गएको छ ।

बजार हिस्सा र कारोबार बढाउने मौका पनि निगमले गुमाएको छ । निगमले उडान अनुमतिका लागि प्रक्रिया थालेको लामो समयसम्म पनि नतिजा हात पार्न सकेको छैन ।

निगमका सहप्रवक्ता नवराज कोइरालाअनुसार निगमले कोरिया र चीनमा ग्लोलब सेल्स एजेन्ट नियक्ति गरिसेकेको छ । जापनमा भने हालसम्म एजेन्ट नियुक्त गर्ने/नगर्ने बारे अन्योलमै छ, निगम ।

यस्ता एजेन्टले टिकेटिङ र मार्केटिङको जिम्मा लिन्छन् । निगमले तीन वटै गन्तब्यमा निगमले सीधा उडान थाल्ने योजना बनाएको छ ।

निगमले हप्ताको ३ वटा राउन्ड टि्रप उडान गर्ने योजनाअनुरुप ती देशसँग उडान अनुमति मागेको छ ।  निगमले जापानको ओसाकाको एयरपोर्टमा उडान भर्ने योजना बनाएको छ ।

कोरियाको सियोलमा इन्चोनसम्म पनि सीधा उडानकै योजना छ । चीनको ग्वान्झाओमा पनि उडान गर्ने योजना छ । साउदीको रियाद पनि वाइडबडीले तय गर्ने नयाँ गन्तब्य हुनेछ । चीनमा उडान अनुमति प्राप्त गर्न पर्यटन मन्त्री रविन्द्र अधिकारीले केही दिनअघि नेपालका लागि चीनकी राजदूतसाग पनि भेट गरेका थिए ।

चीन र जापानमा उडान अनुमति लिने प्रक्रिया अन्तिम चरणमा पुगेकाले निकट भविष्यमै वाइडबडीले उडान थाल्ने सहप्रवक्ता कोइरालाले बताए । वाइडबडी दिनमा १२ देखि १४ घण्टासम्म उडान मिल्छ । निगमले जापानबाट उडान अनुमति पाएको न्युनतम् एक महिनापछि मात्रै उडान सुरु गर्न सकिने बताएको छ ।

निगमले जापानका उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेको छ । कोरियाले भने उडान अनुमति दिनुअघि निगमको हवाई सुरक्षाबारे समपरीक्षण गर्न टोली नेपाल पठाउन लागेको कोइराला बताउँछन् ।

निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइडबडीसहित दुई न्यारोबडी एयरबस र एउटा बोइङ पनि छ ।

वाइडबडी विमानहरु उडाउन निगमलाई आवश्यक पाइलटका लागि निगमले हालै सूचना पनि निकालेको छ । अहिले निगमसँग वाइडबडी उडान सक्ने निकै कमा मात्रै पाइलट छन् । वाइडबडी उडाउन विदेशी पाइलटहरु आउने क्रम पनि जारी छ ।

वाइडबडी उडाउन दुईजना पाइलट आवश्यक पर्छ । लामो गन्तब्यमा उडान भर्दा एकतर्फी मात्रै उडान गर्नुपर्ने अवस्थाका कारण निगमलाई ठूलो संख्यामा पाइलट आवश्यक भएको हो ।

२७४ सिटेको वाइडबडीमा झण्डै १० जनाको ‘क्र्यु’ चाहिन्छ । फ्लाइटको दूरी, समय र अकुपेन्सीका आधारमा यो संख्या घटबढ हुन्छ ।

वाइडबडीलाई कम्तिमा ९० सिट ‘अकुपाइ’ हुँदा लागत उठेर नाफा प्राप्त हुन्छ । त्यसैले अकुपेन्सी बढाउने गरी विभन्न योजना बनाउने गृहकार्यमा निगम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment