Comments Add Comment

साउदीको जेलबाट छुट्ने भए सुनसरीका भुपाल

काठमाडौं । बिगत दुई वर्षदेखि साउदी अरबको अलकासिमस्थित बुरैदा जेलमा बन्दी रहेका सुनसरीको राहक्षेत्र नगरपालिका-२ का भुपाल बस्नेत जेलमुक्त हुने भएका छन् ।

बस्नेतले बुझाउनु पर्ने ७५ हजार ३ सय रियाल अर्थात २२ लाख ९१ हजार ३७९ रुपैयाँ ब्लडमनी परराष्ट्र मन्त्रालयलाई बुझाइसकिएकोले उनी जेलमुक्त हुने भएका हुन् ।

उनलाई जेलमुक्त गर्न संयोजन गरिरहेको प्रवासी नेपाली समन्वय समितिले विभिन्न स्रोतबाट संकलन भएको मन्त्रालयमा बुझाएको हो ।

बस्नेतको जेलमुक्तिका लागि उनी जेलमै रहेको शहरमा कार्यरत नेपालीहरूले तदारूकताकासाथ आर्थिक सहयोग जुटाउने अभियान संचालन गरेका थिए ।

जसअन्तर्गत गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलकासिमले २ लाख ४६ हजार ३ सय, अलकासिममै कृयाशील संस्था गन्तब्य नेपालमार्फत २ लाख १४ हजार ७ सय ७२, नेपाली प्रवासी समाज हाएलमार्फत ३२ हजार २ सय ३३ रुपैयाँ पिएनसीसीलाई बुझाइएको थियो ।

त्यसैगरी गैरआवासीय नेपाली संघ, कल्याणकारी कोषबाट २ लाख ३० हजार, प्रेम राई उद्दारको क्रममा बचत भएको रकमबाट २ लाख, बराहक्षेत्र समाज सुनसरीबाट ११ हजार १ सय ११, सुनसरी मोरङ समाज कतारबाट २ लाख २६ हजार सहयोग प्राप्त भएको पिएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले बताए ।

कुमार राना उद्धार समितिको ११ लाख सहयोग

बस्नेतको उद्धारका लागि पाँच महिना पहिला साउदी अरबमै ब्लडमनीकै मुद्धामा २ लाख रियाल बुझाई जेल मुक्त भएका गोरखा बोर्लाङका कुमार राना मगर उद्धार समितिले महत्वपूर्ण सहयोग ग रेको छ ।

समितिसँग संचित रहेको रकमबाट ११ लाख ३० हजार ९ सय ६३ रूपैयाँ सहयोग गरिएको अध्यक्ष कृष्णप्रसाद ढकालले जानकारी दिए ।

परराष्ट्र मन्त्रालयमार्फत साउदी अरबको नेपाली दूतावासमा रकम स्थानान्तरण गरी बस्नेतको जेलमुक्तिको आवश्यक प्रकि्रया थालनी गर्ने परराष्ट्र मन्त्रालयले बताएको छ ।

बस्नेत ६ वर्ष अगावै साउदी अरबमा गाडी चलाउने काम गर्थे । कामकै सिलसिलामा उनले चलाएको गाडी दुर्घटना भई साउदी नागरिकको मृत्यु भएको थियो ।

अदालतबाट २५ प्रतिसत दोसी ठहर गरी सजाया सुनाइएका बस्नेतलाई तत्कालीन कम्पनिले मुद्धाको छिनोफानो नगरिकनै नेपाल पठाएको तर बस्नेतलाई ती सबै कुरा जानकारी नभएको बताए ।

बेरोजगारका कारण पुन साउदी जाने क्रममा उनी एरपोटमै समातिन पुग्दा पहिलाको मुद्धा किनारा नलागेको कुरा त्यतीबेला मात्र थाहा हुन आयो ।

पीएनसीसीले यो भन्दा पहिला नवलपरासीका थानेश्वर भुषाल र झापाका प्रसान्त लिम्बुको साउदी अरबको जेलबाट उद्धार गरिसकेको छ ।

अध्यक्ष कार्कीले पीएनसीसीले केवल समन्वय मात्रै गरेको र वास्तबिक सहयोगदाता आम नेपाली समुदायनै भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment