Comments Add Comment

५२१ स्थानीय तहका रोजगार संयोजक छानिए (नतिजासहित)

१३ फागुन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहहरुमा रोजगार संयोजक नियुक्त गरेको छ ।

पहिलो पटक कम्प्युटर प्रणालीबाट परीक्षा लिएर मन्त्रालयले सबै तहका लागि रोजगार संयोजक छनोट गरेको हो । यस अघि मन्त्रालयले ७५३ तहका लागि प्रतितह (अधिकृत र नासुसरह) ३ जनाका दरले २ हजार २ सय ५९ जनाको नाम सर्टलिष्ट गरेको थियो ।

७५३ तहकै लागि राेजगार संयोजक नियुक्त गर्न लागिएकोमा परीक्षाबाट जम्मा ५२१ जना छनोट भएका छन् ।

सर्टलिष्टमा परेकाहरुलाई कम्प्युटर स्कील परीक्षा लिएर परिक्षा लिई मन्त्रालयले आज नतिजा सार्वजनिक गरेको हो । मन्त्रालयले गत ११ र १२ गते पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कम्प्युटर स्कील परीक्षा लिएको थियो ।

रोजगार संयोजकका लागि रोजगार संयोजकका लागि जम्मा २३ हजार ९ सय ६८ जनाको आवेदन परेको थियो । नियुक्त भएकाहरुलाई अब मन्त्रालयले स्थानीय तहहरुमा खटाउने छ ।

हरेका पालिकाका प्रशासकीय अधिकृत मातहतमा रहेर उनीहरुले बेरोजगारहरुको तथ्यांक संकलनका साथै रोजगारीका विषयमा परामर्श दिने मन्त्रालयले जनाएको छ ।

प्रदेश १ को शाखा अधिकृत सरहको नतिजा हेर्न यहाँ  र नासु सरहको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रदेश २ को शाखा अधिकृत सरहको नतिजा हेर्न यहाँ  क्लिक गर्नुहोस् ।

प्रदेश ३ को शाखा अधिकृत सरहको नतिजा हेर्न यहाँ  र नासु सरहको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

गण्डकी प्रदेशको शाखा अधिकृत सरहको नतिजा हेर्न यहाँ  र नासु सरहको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रदेश ५ को शाखा अधिकृत सरहको नतिजा हेर्न यहाँ  क्लिक गर्नुहोस् ।

कर्णाली प्रदेशको शाखा अधिकृत सरहको नतिजा हेर्न यहाँ  र नासु सरहको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सुदूरपश्चिम प्रदेशको शाखा अधिकृत सरहको नतिजा हेर्न यहाँ  र नासु सरहको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment