Comments Add Comment

के तपाईं विदेश जाँदै हुनुहुन्छ ? भाषाको राम्रो ज्ञान लिनुहोस्

युएईमा कार्यरत नेपाली भन्छन् : भाषा जाने परदेशमा अवसर पनि छ

युएई । बिर्तामोड नगरपालिका गरामनीकी सबिता खरेललाई डेढ वर्षअघि युएई आउँदा नेपाली बाहेक अरु भाषा बोल्न आउदैन्थ्यो ।

भाषा नजान्दा उनले बिभिन्न समस्या भोगिन् । कार्यालय भित्रको काम, कार्यालयका कर्मचारी र त्यहाँ आउने अन्य व्यक्तिसँग अंग्रेजी, हिन्दी र अरबी भाषामा कुरा गर्नुपर्ने बाध्यता । तर,उनलाई हिन्दी भाषासमेत बोल्न आउँदैन्थ्यो ।

एकदिन स्वास्थ्य परीक्षणका लागि जानुपर्ने भयो । स्वास्थ्य जाँचका क्रममा विभिन्न प्रश्न सोधियो । भाषा नबुझेका कारण उनले प्रश्नको जवाफ फर्काउन सकिनन् । साथीहरुको सहयोग लिनु पर्‍यो ।

कार्यालयमा काम गर्दा पनि नबुझिएका कतिपय कुरामा उनी साथीहरुको सहयोग लिने गर्थिन् । ‘भाषा नजान्ने कुरा सुपरभाइजरलाई समेत भने । मलाई नेपाली बाहेक अरु भाषा राम्रोसँग बोल्न आउँदैन । तर बोलेको बुझ्छु । काम राम्रोसँग गर्न सक्छु ,’ उनले भनिन् ।

सबितालाई मानिस कि पढेर कि त परेर सिक्छ भन्ने कुरा यर्थाथ लाग्न थालेको छ । उनी भन्छिन्, ‘धेरै पढ्न सकिएन । परदेशमा काम गर्न आउनुपर्ला भन्ने लागेन । नेपाली बाहेक अरु भाषा सिक्न पाएको भए धेरै अवसर पाइने रहेछ ।’

यूएईमा अरबीसँगै अगं्रेजी र हिन्दी भाषा बढी मात्रामा प्रयोग हुन्छ । तसर्थ यी भाषा बोल्न सक्नेहरुलाई भाषाका कारण कुनै समस्या हुँदैन ।

डेढवर्षअघि नेपाली भाषा मात्र बोल्ने सबिता अहिले सामान्य हिन्दी र अरबी भाषा बोल्न सक्छिन् ।

परदेशमा जान खोज्नेहरुलाई सम्बन्धित देशमा बोलिने भाषा र आफूले गर्ने कामका बारेमा सामान्य जानकारी राख्न सबिताको आग्रह छ ।

मादी नगरपालिका-१ संखुवासभाका बिनोद राईले पनि यस्तै समस्या खेप्नु पर्‍यो । पाँच वर्षअघि सामान्य कामदारका रुपमा युएई आएका उनलाई भाषाकै समस्या थियो ।

भाषा नजान्दा के काम गर्नुपर्ने हो ? कसरी गर्ने ? भन्ने अन्यौलता हुन्थ्यो । राई भन्छन्-‘हिन्दी भाषा बोल्न आउँदैन थियो । भारतीय मुलका मानिसहरुसँग काम गर्नुपथ्र्यो ।

नेपालमा हुँदा आफूले गरिरहेको काम हो । तर भाषा नबुझेका कारण सुरुआतमा गर्न कठिन भयो । यसो गर भनेको काम नबुझेर ठीक उल्टो पनि गरियो ।

अहिले उनी मेकानिकल फेबि्रकेटरका रुपमा कार्यरत छन् । सामान्य अरबी र मज्जाले हिन्दी भाषा बोल्न सक्छन् । भाषा सिक्दै गएपछि धेरै सजिलो भएको छ ।

भन्छन्, ‘भाषा जानेपछि आकाश जमीनको फरक पाए । अब त भाषाकै कारण कुनै समस्या पर्दैन । कामको दौडानमा कहिले अरबका तथा अपि|mकाको विभिन्न मुलुक पुग्नुपर्छ । त्यहाँ बंगलादेश, भारत, श्रीलंका र अरबीमुलका मानिसहरुलाई काम लगाउनुपर्छ । उनीहरुसँग हिन्दी र अरबी भाषामा कुरा गर्ने हो ।’

मेचम्ची नगरपालिका ८ सिन्धुपालचोकका अरुणकुमार तामाङ ५ वर्ष साउदी बसे । साउदी बस्दा नै उनले अरबी भाषा बोल्न सिके ।

सुरुमा अरबीमुलका मानिसहरु उक्त भाषामा बोल्दा उनको मनमा विभिन्न शंका पैदा हुन्थ्यो ।

सामान्यता अरबी भाषामा कुरा गर्दा ठूलो स्वर निस्कन्छ । उनीहरुले कुराकानी गर्दा गाली गरे जस्तो लाथ्यो, मनमा अनेक किसिमको डर पैदा हुन्थ्यो, तामाङ सुनाउँछन् ।

अरबीहरुसँग काम गर्नु पथ्र्यो । विस्तारै घुलमिल बढ्न थाल्यो । उनीहरु अरबीमा मात्र बोल्थे । त्यहीँकारण तामाङले अरबी भाषा छिट्टै सिके ।

एक वर्षदेखि युएईमा कार्यरत अरुण कम्पनीमा सबैको खोजीमा पर्छन् । यसको कारण हो, अरबी भाषामा राम्रोसँग कुराकानी गर्न सक्नु ।

कम्पनीमा केही नेपाली र अफ्रिकी मुलका साथीहरु काम गर्छन् । उनीहरु अग्रेंजी र हिन्दी मात्र बोल्छन् ।

कम्पनीमा आउने प्राय मानिसहरु अरबीमुलका हुन्छन् । उनीहरुसँग कुराकानी गर्नुपर्दा सबैले अरुणलाई गुहार छन् ।

वैदेशिक रोजगारीमा जाने अधिकांश नेपालीलाई भाषाकै समस्या पर्छ । विदेश जाने भएतापनि भाषा सिक्नुपर्छ भन्ने ज्ञानका कमीले रोजगार स्थल देशमा पुगेपछि मात्र धेरैले यसको महसुस गर्छन् ।

तसर्थ रोजगारीमा आउन खोजिरहेकाहरुलाई सम्बन्धित देशमा प्रयोग हुने भाषाको सामान्य ज्ञान राखेर आउन उनीहरुको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment