Comments Add Comment

भियतनाममा ट्रम्प र किम बन्नेलाई निःशुल्क सेवा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच भियतनामको हनोइमा शिखर वार्ताको मिति नजिकिँदै गर्दा हनोइ ट्रम्प र किममय बनेको छ ।

हनोइका सैलुनहरुका कारण ट्रम्प र उन स्टाइल आइकनको रुपमा सहरमा छाएका छन् ।

सैलुनहरुले ट्रम्प तथा उनको हेयर स्टाइलमा निःशुल्क रुपमा कपाल काटिदिने घोषणा गरेका छन् ।

धेरै पुरुषहरुले अहिले किम तथा ट्रम्पको हेयर स्टाइल बनाएका छन् । हनोइमा किमको हेयर स्टाइलका फ्यानहरु अत्यधिक देखिएका छन् ।

हेयर ड्रेसर ली तुआन डोंगले किम ट्रम्प वार्ताको उपलक्ष्यमा आफुले निशुल्क कपाल काट्ने सेवा उपलब्ध गराएको बताए । हनोइ शान्तिको सहर रहेको भन्दै उनले हनोइका जनताले शान्ति वार्ताको स्वागत गरेको बताएका छन् ।

उनका अनुसार किमको हेयर स्टाईले युवालाई इंगित गर्दछ भने ट्रम्पको स्टाइलले शक्तिको प्रतिनिधित्व गर्दछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment