Comments Add Comment

‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारीको पोल खोलौं’ भन्दै अख्तियार पुग्यो विवेकशील साझा

१४ फागुन, काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले भ्रष्टाचारमा मुछिएकाहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएको छ ।

विवेकशील साझा पार्टीकी प्रदेश ३ कि संयोजक समीक्षा बास्कोटा नेतृत्वको टोलीले मंगलबार टंगालस्थित आयोगको कार्यालयमा पुगी अरबौंको भ्रष्टाचारमा मुछिएकाहरुलाई राजनीतिक प्रभावमा नपरी स्वतन्त्र र निष्पक्षले ढंगले अनुसन्धान गरी तत्काल कारबाहीको दायरामा ल्याउन ध्यानाकर्षण पत्र बुझाएको हो ।

आयोगका प्रवक्ता रामेश्वर दंगाललाई बुझाइएको ध्यानाकर्षण पत्रमा आर्थिक अनियमितता र पदीय दुरुपयोगको घटनाको अनुसन्धानलाई थप सशक्त र प्रभावकारी बनाउन पनि आयोगसँग माग गरिएको छ । भ्रष्टाचारमा मुछिएकाहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन अयोगको ध्यानाकर्षण गराएको विवेकशील साझा पार्टी, काठमाडौं जिल्ला कार्य समितिका नेता चोकराज घिमिरेले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेका विवेकशील साझा पार्टीका नेता कार्यकर्ताहरुले ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारीको पोल खोलौं’, ‘भ्रष्टाचारी जेल परुन’ लगायतका प्लेकार्ड पनि प्रर्दशन गरेका थिए ।

विवेकशील साझा पार्टीले वाइडबडी जहाज खरिद प्रकरण, ३३ किलो सुन तस्करी, एनसेल प्रालिको लाभांश कर, नेपाल आयल निगमको जग्गा खरिद प्रक्रियामा भ्रष्टाचार भएको दाबी गर्दै कारबाहीको माग गरेको छ ।

विवेकशील साझाले अख्यतयारको सुर्खेत र धनगढीको कार्यालयमा पुगेर पनि ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment