Comments Add Comment

तपाईं मुटु रोगको उच्च जोखिममा त हुनुहुन्न ?

रगतमा ट्राइग्लिसराइडको मात्रा उच्च भएमा मुटु रोगको जोखिम उच्च हुन्छ । तपाईंलाई जिज्ञासा उठ्न सक्छ, आखिर ट्राइग्लिसराइड चाहि के हो त ?

ट्राईग्लिसराइड एक प्रकारको फ्याट हो, जुन रगतमा पाइन्छ ।  जब हामी खान्छौ, तब शरीरले हामीले खाएको क्यालोरीलाई ट्राईग्लिसराइडको रुपमा परिवर्तन गरेर संग्रहित गर्छ । आवश्यक परेको बेला हर्मोनले ट्राइग्लिसिराइडलाई शक्तिको रुपमा प्रयोग गर्छ । तर, जब शरीरमा ट्राईग्लिसराइडको मात्रा उच्च हुन्छ, त्यसलाई हाइपर ट्राईग्लिसरेडेमिया भनिन्छ  । हाइपर ट्राईग्लिसरेडेमिया भएमा मुटु सम्बन्धि रोगको जोखिम बढ्ने गर्छ ।

ट्राइग्लिसराइड कसरी बढ्छ ?

सामान्यतया, एउटा व्यक्तिमा ट्राइग्लिसराइडको मात्रा एक सय ५० एमजी/डिएल (मिलिग्राम प्रति डेसीलिटर) हुनुपर्छ । ट्राइग्लिसराइडको मात्रा दुई सय एमजी/डिएल (मिलिग्राम प्रति डेसीलिटर) भएमा त्यसलाई उच्च ट्राइग्लिसराइड भन्ने गरिन्छ ।

चिकित्सकहरुले कोलेस्ट्रोलको जाँच गर्दा लिपिड प्रोफाइल गरेर ट्राइग्लिसराइडको स्तर पत्ता लगाउने गर्छन् । यो जाँच गर्दा खाली पेट बस्नु पर्छ । रगतमा  ट्राइग्लिसराइडको स्तर उच्च भएमा जीवनशैलीमा सामान्य परिवर्तन गरेर पनि यसको स्तरलाई नियन्त्रित गर्न सकिन्छ ।

अन्यथा, उच्च ट्राइग्लिसराइडले रक्त धमनीलाई कडा वा बाक्लो बनाएर मुटु रोग, हृदयाघात तथा पक्षघातको जोखिम बढाउने गर्छ । ट्राइग्लिसराइडको स्तर दुई सय भन्दा बढी पाँच सयसम्म भएमा यसले पेटमा जलन गराउन सक्छ ।

मोटोपनाको समस्या बढाउने गर्छ ।

रगतमा ट्राईग्लिसराइड बढ्नु भनेको अन्य अवस्थाहरुको संकेत पनि हो, जसले मुटु रोग, स्ट्रोक, मोटोपनाको जोखिम बढाउने गर्छ । यसकै कारण कम्मरमा बोसो जम्ने, कोलेस्ट्रोलको मात्रा उच्च हुने, उच्च रक्तचापको समस्या निम्तिने गर्छ ।

फ्याटमा केन्द्रित हुने

मुटुलाई स्वस्थ राख्न फ्याटको महत्वपूर्ण भूमिका हुन्छ । तर यसको मतलव यो हैन की यसलाई पूर्णतया नर्कानु पर्छ । बरु भेजिटेबल आयल, ओलिभ आयल, नट्स, एभोकार्डो तथा वोसोयुक्त माछा जस्ता अनस्याचुरेटेड फ्याटमा ध्यान दिनुपर्छ ।

यसबाहेक, ओमेगा-३ लगायतका समुद्री भोजनको सेवनले पनि उच्च ट्राइग्लिसराईडको स्तरलाई कम गर्न मद्दत गर्छ । विज्ञहरुका अनुसार शरीरलाई ओमेगा ३ फ्याटी एसिड प्राप्त गर्न सातामा कम्तीमा दुई पटक सामुदि्रक माछाको सेवन पर्याप्त हुन्छ । ओमगा-३ युक्त सामुदि्रक माछामा साल्मोन, हेरिङ्ग, एट्लान्टिक र प्यासिफिक मेकेरेल, रेनबो ट्राउट समावेश छन् ।

यदी परिवारमा कसैलाई उच्च ट्राईग्लिसराइडको समस्या छ भने चिकित्सकहरुले ओमेगा-३ युक्त फ्याटी एसिडको सेवन उच्च मात्रामा गर्न सल्लाह दिन सक्छन् । तर यसको लागि चिकित्सकको प्रत्यक्ष निगरानी जरुरी छ ।

कार्बोहाइड्रेट प्रेमी हुने

कुनै पनि स्रोतबाट प्राप्त भएको अतिरिक्त क्यालोरीलाई ट्राइग्लिसराइडको रुपमा संग्रहीत गर्न सकिन्छ भने चिनी तथा मदिराको सेवनबाट प्राप्त हुने अतिरिक्त क्यालोरीले पनि रगतमा ट्राइग्लिसराइडको स्तर बढाउन मद्दत गर्छ ।

त्यसैले, कार्बोहाइड्रेटयुक्त खाद्यपदार्थको चुनाव गर्दा सम्पूर्ण अन्न, फलफूल, सागसब्जी  तथा कम बोसोयुक्त दूग्धजन्य पदार्थमा केन्द्रित हुनु पर्छ । परिस्कृत खाद्यान्न तथा गुलियो खानेकुरा, बेक गरिएको खानेकुरा, गुलियो पेय पदार्थ लगायतमा प्रयोग हुने अतिरिक्त चिनी खानबाट बच्नु पर्छ । मदिराको सेवन नियन्त्रित मात्रामा गर्नुपर्छ ।

भूमध्य शैलीको खानपान स्वस्थ हृदयसित सम्बन्धित छ । यस्ता खानपानमा फलफूल, सागसब्जी, सिङ्गो अन्न, सामुन्दि्रक भोजन समावेश छन् भने यसले मदिराको सेवन, स्याचुरेटेड फ्याट, ट्रान्सफ्याट तथा अतिरिक्त चिनीको प्रयोगलाई सिमित गरेको छ । यसका साथै भूमध्य शैलीको खानपानले ओलिभ आयल तथा क्यानोला (तेल)मा पाइने मोनो अनस्याचुरेटेड तथा पोलीअनस्याचुरेटेड फ्याटको प्रयोगलाई सिमित गरेको छ ।

चिकित्सकसँग परार्मश गर्ने

ट्राइग्लिसराइडका स्तर १५० भन्दा माथि भएमा पोषणविद् वा चिकित्सकसँग परामर्श गरेर जीवनशैली बदल्नतिर लाग्नु पर्छ । त्यस्तै, आवश्यक सप्लीमेन्टको सेवनद्धारा पनि यसको स्तरलाई नियन्त्रण गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment