Comments Add Comment

हङकङमा रुचाइयो अनुप र बर्षाको ‘पुरानो बुलेट’

चलचित्र ‘पुरानो बुलेट’को विश्वव्यापी प्रदर्शन हङकङबाट सुरु भएको छ । भिषण राइको निर्देशनमा तयार भएको यो चलचित्रले पूर्वेली जनजीवनलाई केन्द्रित गरेर यो चलचित्र निर्माण गरिएको हो । यो चलचित्रको प्रस्तुति, कलाकारको कामलाई हङकङका दर्शकले रुचाएको आयोजकले बताएको छ ।

चलचित्रमा अनुपविक्रम शाही, बर्षा सिवाकोटी र माला लिम्बुको मुख्य भूमिका छ । न्यानो काख अभियानको सहयोगार्थ आयोजित चलचित्र प्रदर्शनको हङकङ प्रदर्शनको जिम्मा अनोज रोका, मज्जाको राइ, विजय लिम्बु, सरु राई, सुनिा आंगदम्बेले गरेका थिए । यो चलचित्र चैत्र १ गतेबाट नेपालमा रिलिज हुँदैछ ।

अशोककुमार राई, टिकाराम राई, विरेन साम्बा र दिपेन लिम्बुको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता सन्तोष राई हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment