Comments Add Comment

चिनियाँ कम्युनिस्ट पार्टीका कार्यकर्तालाई निर्देशन-मार्क्स र लेनिनलाई विश्वास गर, भूतप्रेतलाई होइन

१६ फागुन, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीले आफ्ना सदस्यहरुलाई भूतप्रेतमा होइन, मार्क्स र लेनिनमा विश्वास गर्न निर्देशन दिएको छ । पार्टीले करोडौं पार्टी सदस्यहरुका नाममा जारी गरेको परिपत्रमा उदारवादको अभ्यास अस्वीकार्य हुने समेत जनाएको छ ।

चीनले आधिकारिकरुपमा सबै धर्मलाई स्वतन्त्रता दिएको छ । चीनमा क्रिश्चियन, बुद्धिस्ट र इस्लाम धर्म मान्नेको ठूलो संख्या छ । तर, कम्युनिस्ट पार्टीका कार्यकर्तालाई भने धार्मिक गतिविधिमा संलग्न हुने छुट छैन ।

पछिल्लो समयमा पार्टीका कतिपय नेतानै धार्मिक अन्धविश्वासका काण्डमा फस्न थालेपछि पार्टीले भूतप्रेत र धार्मिक अन्धविश्वासमा नलाग्न निर्देशन दिएको हो । चीनको आधिकारिक समाचार एजेन्सी सिन्हृवाले बुधवार जारी गरेको लामो वक्तव्यमा पार्टीलाई कसरी बलियो बनाउने भन्ने सन्दर्भमा मार्क्स लेनिनमा विश्वास गर्न भनिएको छ ।

वक्तव्यमा भनिएको छ-मार्क्सवाद नै चीन र पार्टीको मार्गदर्शक सिद्धान्त हो । मार्क्स र लेनिनमा विश्वास नगर्ने, भूतप्रेत र अन्धविश्वासमा विश्वास गर्ने, सत्यलाई विश्वास नगर्ने र पैसामा विश्वास गर्ने कुरा स्वीकार्य छैन ।

चिनियाँ राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङले गत वर्ष पार्टी निर्णय सुनाउँदै मार्क्सको सिद्धान्त नै चीनको सन्दर्भमा सम्पूर्ण सत्य भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment