Comments Add Comment

साना उद्योग महासंघले भन्यो- पर्यटन क्षेत्रमा अपुरणीय क्षति

१६ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएकोमा नेपाल घरेलु तथा साना उद्योग महासंघले दुःख व्यक्त गरेको छ ।

बिहीबार शोक वक्तव्य जारी गर्दै महासंघले मन्त्री अधिकारीको निधनबाट मुलुकको पर्यटन क्षेत्रमा अपुरणीय क्षति भएको बताएको छ ।

‘तेह्रथुम जिल्लाको चुहानडाँडा भन्ने ठाउँमा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि जानु भएका मन्त्री अधिकारीसहित ७ जनाको हेलिकोप्टर दुर्घट्नामा परि बुधबार निधन भएको खबरले हामी स्तब्ध छौं’ महासंघका कार्यबाहक अध्यक्ष उमेश शिंहले जारी गरेको शोक वक्क्तव्यमा भनिएको छ, ‘उहाँको निधनबाट मुलुकले एउटा होनाहार युवा राजनीतिज्ञ गुमाएको छ भने पर्यटन व्यवसायमा समेत क्षति पुग्न गएको महासंघले जनाएको छ ।’

बुधबार भएको दुर्घटनामा मन्त्री अधिकारीसहित निधन भएका उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र श्रेष्ठ तथा निर्देशक ध्रुव भोछिभोया, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरप्रति श्रद्धाञ्जली अर्पण गर्दै महासंघले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment