Comments Add Comment

छैटौं मणिमुकुन्द कप भलिबल प्रतियोगिता २१ गतेबाट

१६ फागुन, बुटवल । बुटवलमा हुने छैटौं मणिमुकुन्द कप प्रदेश ५ स्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

मणिमुकुन्द भलिबल क्लव रुपन्देहीले बुटवलमा प्रदेशस्तरिय पुरुष भलिबल प्रतियोगिता गर्न लागेको हो ।

फागुन २१ गतेदेखि २४ गतेसम्म बुटवलको बुटवल मण्डपमा हुने छ । आयोजकले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी तीब्र भइरहेको जानकारी दिएको छ ।

मणिमुकुन्द भलिबल क्लव उपत्यका बाहिरको एकमात्र ‘ए’ डिभिजन क्लब हो । यो नेपालकै एकमात्र भलिबल क्लवको रुपमा दर्ता भएको संस्थासमेत हो ।

भलिबल कोट निर्माण, प्याराफिट निर्माण तथा स्टेज निर्माण लगायतका काम अन्तिम चरणमा पुगेका छन् भने पत्राचार र टिम दर्ताको काम सम्पन्न भइसकेको क्लवले जनाएको छ ।

बिगतका वर्षहरुमा पश्चिमाञ्चल क्षेत्र स्तरीयरुपमा सञ्चालन हुँदै आएको सो प्रतियोगिताको छैटौं संस्करण प्रदेश ५स्तरीय रुपमा सञ्चालन हुन लागेको हो ।

फागुन २१ गते २४ गतेसम्म संचालन हुने प्रतियोगिताको प्रथम हुने टिमले नगद एक लाख एकहजार, द्धितीय हुने टिमले ७१, तृतीय हुनेले नगद ४४ प्राप्त गर्नेछन भने शान्त्वना हुने टिमले नगद २२ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

नगद पुरस्कारको साथमा आकर्षक कप, मेडल र प्रमाणपत्र पनि प्रदान गरिने क्लवका अध्यक्ष मिलन रानाले बताए ।

१२ जिल्लाका खेलाडीहरुलाई बुटवलमा जम्मा गराएर प्रतिष्पर्धा गराउँदा भलिबल खेलाडीको पहिचानका साथै प्रदेश कै बलियो टिम निर्माण गर्न प्रतियोगिताले सहयोग पुर्‍याउने बिश्वास व्यक्त गरे ।

क्लवका बरिस्ट सल्लाहकार टुकबहादुर क्षेत्रीले क्लवको आर्थिक पाटो बलियो नहुँदा डोनरहरुकै भरमा प्रतियोगिता सन्चालन गर्नु परेको बताए ।
जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष योग गुरुङले राज्यले गर्नुपर्ने काम मणिमुकुन्दले गरेको भन्दै जिल्ला भलिबल संघले क्लवलाइ सबै अवस्थामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment