Comments Add Comment

‘ब्रेकअप डायरी’बाट प्रियासन उत्साहित

काठमाडौं । पत्रकार सविन प्रियासनले एक वर्षभित्रै तेस्रो उपन्यास बजारमा ल्याएका छन् । यसै वर्ष ‘लक्कीचार्म’ र ‘सेल्फी’ उपन्यास प्रकाशन गरेका प्रियासनको पछिल्लो कृति ‘ब्रेकअप डायरी’ बजारमा आएको छ ।

नेपाल पत्रकार महासंघको पोखरामा आयोजित केन्द्रीय साधारणसभामा ‘ब्रेकअप डायरी’ बिमोचन गरिएको थियो । सभामुख कृष्णबहादुर महरा, सञ्चारमन्त्री गोकुल बास्कोटा, ४ नम्वर प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, युवा नेता योगेश भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यलगायतले प्रियासनको पछिल्लो साहित्यिक कृति सार्वजनिक गरे ।

‘ब्रेकअप डायरी’ प्रकाशन भएको एकसाता नपुग्दै एक हजार बढी बिक्री भैसकेको भन्दै प्रियासन उत्साहित छन् । उपन्यास प्रकाशन संस्था बिएन पुस्तक संसार प्रालिलाई उद्धृत गर्दै प्रियासनले भने, ‘प्रेम होस् वा अन्य कुनै पनि क्षेत्रमा ब्रेकअप हुँदा आफूलाई कसरी सम्हाल्ने, जिन्दगीमा कसरी अगाडि बढ्ने भन्ने सन्देश बोकेको ब्रेकअप डायरीले अत्यधिक युवाहरुको मन जितेको छ ।’

ब्रेकअप डायरी उपन्यासकार प्रियासनको आठौं औपन्यासिक कृति हो । प्रियासनको यस अगाडि पल्लवी, पुनरागमन, भूमरी, रोदनपछिको उपन्यास प्रकाशित भइसकेका छन् ।

प्रियासनले कथा र सम्पादकीयको संग्रहसमेत प्रकाशित गरिसकेका छन् । प्रियासन नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष हुन् । उनी पत्रकारिता, साहित्य र सामाजिक क्रियाक्रलापमा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment