Comments Add Comment

‘क्याप्टेन’ र ‘दि ब्रेकअप’ हलमा

यो बर्षकै प्रतिक्षित दुई चलचित्र ‘क्याप्टेन’ र ‘दि ब्रेकअप’ आजबाट रिलिज भएका छन् । देशभरका हलमा रिलिज भएका यी दुई चलचित्रले लामो समयदेखि चलचित्रको व्यापारमा लाग्दै आएको खडेरी चिर्ने आशा गरिएको छ ।

दिवाकर भट्टराइको निर्देशनमा तयार भएको चलचित्र ‘क्याप्टेन’लाई भूवन केसीले निर्माण गरेका हुन् । चलचित्रमा अनमोल केसी, उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, विल्सन विक्रम राई, प्रशान्त ताम्राकार लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रले एउटा गाउँको यूवकको फुटबल खेलेर गोल्ड मेडल जित्ने सपनालाई देखाएको छ । यस्तै, आजैबाट रिलिज भएको अर्को चलचित्र ‘दि ब्रेकअप’लाई हेमराज वीसीले निर्देशन गरेका हुन् । लभ स्टोरी चलचित्र निर्देशनमा अग्रपंक्तिमा रहेका हेमराज निर्देशित यो चलचित्रले नायक आशिरमान देशराज जोशी र नायिका शिल्पा मास्केको प्रेम र ब्रेकअपको कथालाई बोलेको छ ।

दुई फरक बिषयमा यी दुई चलचित्रले हलमा दर्शकको चाप बढाउने अपेक्षा चलचित्रकर्मीले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment