Comments Add Comment

गोदामचौर ‘क’ बलात्कार घटनाको सुनुवाई हुँदै

१७ फागुन, काठमाडौं । ललितपुरमा एक वर्ष पहिले भएको सामुहिक बलात्कारपछि हत्या प्रयास सम्बन्धी घटनाको सुनुवाई हुँदैछ । ललितपुर जिल्ला अदालतको फाँट नम्बर ३ परेको मुद्दा न्यायाधीश धनसिंह महराको इजलाशमा परेको छ ।

जबरजस्ती करणी, ज्यान मार्ने उद्योग र जबरजस्ती चोरीसम्बन्धी यो मुद्दाका फरार अभियुक्तहरू रघु सिलवाल, पवन कुवँर र विशालध्वज कार्की गत मंसिरमा पक्राउ परेका थिए । उनीहरूमाथि गोदामचौर ‘क’ (पीडितको परिवर्तित नाम) लाई २ मंसिर २०७४ मा सामुहिक बलात्कार र मार्ने उद्धेश्यले टाउकोमा ढुंगा प्रहार गरेर बेहोश बनाएको अभियोग छ ।

माइतबाट घर फर्कने क्रममा जबरजस्ती करणीमा परेकी गोदामचौर ‘क’ मंसिर ३ गते विहान बेहोस अवस्थामा तोरीबारीमा फेला परेकी थिइन । उनको एक सातापछि बल्ल होस् आएको थियो । एक महिनाको निरन्तर उपचारपछि मात्रै बोल्न सक्ने भएकी थिइन् ।

पीडितको टाउकोमा तीस भन्दा बढी टाँका लगाउनु परेको थियो । घट्ना भएको १६ महिनापछि पनि उनीको उपचार जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment