Comments Add Comment

पाँचौ अर्ना राष्ट्रिय खुला रनिङशिल्ड दोहोरी प्रतियोगिता बुटवलमा

लोकदोहोरीका २ हजार कलाकार सहभागी हुने

१७ फागुन, बुटवल । पाँचौ अर्ना राष्ट्रिय खुला रनिङशिल्ड प्रतियोगिता तथा साँंस्कृतिक महोत्सव बुटवलमा हुने भएको छ ।

यसअघि काठमाडौंमा मात्रै हुँदै आएको यो कार्यक्रम राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजना र रूपन्देही शाखाको सहआयोजनामा पहिलोपटक राजधानी बाहिर रुपन्देहीको बुटवलमा हुन लागेको हो । कार्यक्रमको तयारी तीव्र पारिएको छ ।

बुटवल मण्डपमा यही फागुन १९ देखि २५ गतेसम्म कार्यक्रम सञ्चालन गर्न लागिएको शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमको उद्घाटन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गर्ने तय भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सल्लाहकार खिमबहादुर हमालले जानकारी दिए ।

५० समूहको सहभागिता हुने

देशभरबाट दोहोरी प्रतियोगिताका लागि जोकोहीले पनि सहभागी हुन पाउने आयोजकको भनाइ छ । अहिलेसम्म ४८ समूहले नाम दर्ता गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देही अध्यक्ष दीपक गरौजाले बताए ।

प्रतियोगितामा करिब ५० समूहको सहभागिता रहने छ । मेलामा १२० वटा स्टलहरु समेत रहनेछन् । त्यस्तै बाल उद्यान, रेष्टुरेन्टका पनि स्टलहरु रहने आयोजकको भनाइ छ ।

प्रतियोगितामा पुरुष-पुरुष वा महिला-महिलाले पनि दोहोरीमा भाग लिन सक्ने व्यवस्था गरिएको छ । महोत्सवमा प्रवेशको लागि विद्यार्थीलाई ३० र अन्यको लागि ५० रुपैयाँको टिकट बनाइएको छ ।

एक हप्तासम्म सञ्चालन हुने कार्यक्रमको अनुमानित खर्च ४९ लाख र आम्दानी ५० लाखको हाराहारीमा हुने आकलन छ ।

२ हजार कलाकारको जमघट, ५० हजार दर्शक

कार्यक्रममा राष्ट्रिस्तरमै ख्याती कमाएका कलाकारहरुका साथै स्थानीयस्तरका लोकदोहोरी कलाकारहरु गरी २ हजार कलाकारको जमघट हुनेछन् । एक हप्तासम्मको मेलामा कम्तीमा करिब ५० हजार दर्शकको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार २ लाख, द्वितीय पुरस्कार एक लाख २० हजार, तृतीय पुरस्कार ७० हजार, शान्त्वना पुरस्कार ३५ हजार र उत्कृष्ट गायक/गायिकालाई १५/१५ हजार पुरस्कारको ब्यबस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment