Comments Add Comment

लोरिसले टारे टोटनहृयामको हार

काठमाडौं । गोलकिपर हृयुगो लोरिसले पियरे इमरिक ओबामियाङको पेनाल्टी रोक्दा टोटनहृयाम प्रिमियर लिगमा आर्सनलसँग अंक खोस्न सफल भएको छ ।

खेलमा आर्सनलले १६ औं मिनेटमा एरोन राम्सीको गोलबाट अग्रता लिएको थियो । तर, ७४ औं मिनेटमा हृयारी केनले पेनाल्टीमा बराबरी गोल फर्काए ।

इन्जुरी टाइममा आर्सनलले पेनाल्टी पायो । तर, लोरिसले ओबामियाङको प्रहार रोक्दै खेललाई १-१ को बराबरीमा टुंग्याए । इन्जुरी टाइममै आर्सनलका लुकास टोरेराले रातो कार्ड पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment