Comments Add Comment

बार्यनले बोरुसिया डर्टमुन्डलाई भेट्टायो

Photo Credit : FCBayern

१९ फागुन, काठमाडौं । बार्यन म्युनिखले बुन्डेजलिगामा बोरुसिया मानचाङ्लेबाखमाथि शानदार जित हात पारेको छ र लिग लिडर बोरुसिया डर्टमुन्डसँग अंक बराबरी गरेको छ ।

शनिबार राति भएको खेलमा बार्यनले मानचाङ्लेबाखमाथि ५-१ को जित हात पारेको हो । भ्रमणकारी टोली बार्यनले दोस्रो मिनेटमा नै मार्टिनेज आगिनागाको गोलबाट अग्रता लिएको थियो । ११ औं मिनेटमा थोमस मुलरले गोल गरे ।

खेलको ३७ औं मिनेटमा स्टिन्डलले बोरुसिया मानचाङ्लेबाखका लागि गोल गरे । तर, दोस्रो हाफमा बार्यन हामी भयो । सुरुमै रोबर्ट लेभान्डोस्कीले गोल गरे ।

७५ औं मिनेटमा सर्ज गनाब्रीले गोल गरे भने इन्जुरी टाइममा पाएको पेनाल्टीमा लेभान्डोसीले गोल गर्दै बार्यज म्युनिखलाई ५-१ को शानदार जित दिलाए ।

त्यसअघि बोरुसिया डर्टमुन्डले बार्यन लिभरकुसनलाई ३-२ गोल अन्तरले हराएको थियो ।

जितपछि दुवै टोलीको २३ खेलबाट समान ५४ अंक भएको छ । गोल अन्तरका आधारमा बोरुसिया डर्टमुन्ड शीर्ष स्थानमा छ भने बार्यन दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment