Comments Add Comment

श्रद्धाको जन्मदिनमा ‘साहो’को मेकिङ भिडियो सार्वजनिक

बलिउड नायिका श्रद्धा कपुरले आज जन्मदिन मनाउँदैछिन् । उनको जन्मदिनको अवसर पारेर चलचित्र ‘साहो’ले एक भिडियो क्लिप सार्वजनिक गरेको छ । ‘सेड्स अफ साहो’ नाम दिइएको भिडियोमा चलचित्रको मेकिङ र चलचित्रको केही भिडियो क्लिप देखाइएको छ । साउथ सुपरस्टार प्रभास फिचरिङ भिडियोमा चलचित्रमा समावेश गरिएको विभिन्न ‘स्टन्ड’हरु पनि देखाइएको छ ।

भिडियो अन्त्यतिर देखिएकी श्रद्धालाई ‘साहो’ टिमले जन्मदिनको शुभकामना दिएको छ । भिडियोमा श्रद्धाले पनि गोली चलाएकी छिन् । ‘साहो’ टिमले प्रभासको जन्मदिनको अवसरमा पनि ‘सेड्स अफ साहो पार्ट १’ सार्वजनिक गरेको थियो ।

‘बाहुबली’बाट निकै चर्चामा आएका प्रभास यो चलचित्रको मुख्य रहेकाले पनि यो चलचित्रलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । सुजीथको निर्देशनमा तयार भइरहेको यो चलचित्रले अगस्ट १५ लाई आफ्नो रिलिज मिति तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment