Comments Add Comment

‘क्याप्टेन’ हेर्न हल पुगेकी सुहानाले के भनिन् ?

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘क्याप्टेन’ हेर्न शनिबार बेलुकी काठमाण्डौको बीग मुभिजमा नायिका सुहाना थापा पुगेकी छिन् । निर्देशक तथा नायिका झरना थापा र निर्माता सुनिलकुमार थापा छोरी सुहानालाई लिएर बीग मुभिज पुगेका हुन् ।

सुहाना ‘ए मेरो हजुर ३’बाट नेपाली चलचित्रमा प्रवेश गर्दैछिन् । यो चलचित्रमा नायक अनमोल केसी सुहानाको जोडीको रुपमा देखिएकी छिन् । यसैले पनि झरना, सुनिल र सुहाना अनमोलको चलचित्र ‘क्याप्टेन’ हेर्न हल पुगेका थिए ।
चलचित्र हेरिसकेपछि नायिका तथा निर्देशक झरना थापाले चलचित्रको कथावस्तु, प्रस्तुति मन परेको बताइन् । साथै, उनले नायक अनमोल केसीको कामको पनि प्रशंसा गरिन् ।

यस्तै, नायिका सुहाना थापाले पनि अनमोलको काम मन परेको बताइन् । उनले, ‘क्याप्टेन’को कथावस्तुले आफूलाई छोएको बताइन् । चलचित्र ‘ए मेरो हजुर ३’ चैत्रको २९ गतेबाट रिलिज हुँदैछ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment