Comments Add Comment

पूर्वमन्त्री अधिकारीको निधनप्रति देउवाद्वारा दुख व्यक्त

१९ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधनप्रति दुख व्यक्त गरेका छन् ।

आइतबार विज्ञप्ति जारी गरी देउवाले अधिकारीको निधनले मुलुकले एक असल र अनुभवी राजनीतिज्ञ र आफूले सहृदयी मित्र गुमाएको बताएका छन् ।

‘पञ्चायतको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि अनवरत संघर्षमा उहाँको भूमिकासंगै यो क्षण म राजनैतिक सहकार्यको संस्कृति निर्माणमा उहाँले पुर्‍याउनुभएको योगदान स्मरण गरिरहेको छु’ उनले भनेका छन् ।

देउवाले आफ्नो र कांग्रेसको तर्फबाट शोक व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी र अधिकारीको परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment