Comments Add Comment

एपीएफ झापा गोल्डकपको क्वार्टरफाइनलमा

१९ फागुन, काठमाडौं । विभागीय टिम एपीएफ क्लब झापा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

झापाको डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा मोरङ एघारमाथि १–० गोलको कठिन जित हात पार्दै एपीएफ झापा गोल्ड कपको क्वाटरफाइनलमा पुगेको हो । एपीएफको जितमा हरि कार्कीले गोल गरे ।

पहिलो हाफको अन्तिम समयमा गोल गर्दै हरिले एपीएफलाई अग्रता दिलाएका थिए । आफ्नो अग्रतालाई दोस्रो हाफमा पनि एपीएफले कायमै राख्दै जित हात पारेको हो ।

एपीएफले सेमिफाइनल प्रवेशका लागि अब आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ हात पार्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment