Comments Add Comment

शंकरलाल केडिया स्मृति कानून पुरस्कार वितरण

२० फागुन, काठमाडौं । कानून व्यवसायी क्लव र शंकरलाल केडिया फाउण्डेशनको संयुक्त तत्वावधानमा विभिन्न पुरस्कार वितरण गरिएको छ। विगत देखि स्व. शंकरलाल केडिया स्मृती कानून पुरस्कार, कानून युवा पुरस्कार, उत्कृष्ट कानून पुस्तक लेखन पुरस्कार एवं कानून पत्रिकामा बर्ष भरिमा प्रकाशित लेख रचना मध्ये उत्कृष्ट लेख, रचनाका लेखकहरुलाई उत्कृष्ट कानून लेखन पुरस्कार प्रदान गर्दै आएकोमा यस पटक पनि त्यसलाई निरन्तरता दिइएको हो।

कार्यक्रमको उद्घाटन प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले गरेका थिए भने कानून व्यवसायी क्लवका अध्यक्ष वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरेले सभापतित्व गरेका थिए।

समारोहमा सर्वाेच्च अदालत, उच्च अदालत र जिल्ला अदालतका वरिष्ठ पूर्व न्यायाधीशहरु, कानूनवेत्ताहरु, कानून क्षेत्रका अन्य व्यक्तिहरु, कानून व्यवसायी क्लवका सदस्य र पदाधिकारीहरु, वरिष्ठ अधिवक्ताहरु र अन्य बुद्धिजीवी तथा समाजसेवीहरुका साथै शंकरलाल केडिया फाउण्डेशनबाट अनिल कुमार केडियाको उपस्थिति रहेको थिया ।

पुरस्कार र सम्मानलाई अझै गरिमामय बनाउँदै जाने लक्ष्य अनुरुप क्लव र फाउण्डेशन वीच भएको सम्झौता बमोजिम यस पटक स्व. शंकरलाल केडिया कानून सम्मान पुरस्कार द्वारा नेपालका पूर्व प्रधानन्यायाधीश रामकुमार प्रसाद शाहलाई सम्मानित गरिएको थियो। त्यसैगरी स्व. शंकरलाल केडिया स्मृति युवा कानून पुरस्कार शरद प्रसाद कोईरालालाई र स्व. शंकरलाल केडिया उत्कृष्ट पुस्तक लेखन पुरस्कार वरिष्ठ अधिवक्ता डा. श्री चन्द्रकान्त ज्ञवालीलाई लिखितनेपालमा संघीय शासनपुस्तकको लागि प्रदान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment