Comments Add Comment

विशेष महाधिवेशनका लागि पहल थाल्ने कांग्रेस जिल्ला सभापतिहरुको चेतावनी

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले विशेष महाधिवेशनका लागि पहल थाल्ने चेतावनी दिएका छन् ।

महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले दिएको वचनविपरीत केन्द्रीय कार्यसमितिले विधान पास गरेपछि जिल्ला सभापतिहरु रुष्ट बनेका हुन् । केन्द्रीय सदस्यहरु पनि तल्लो तहबाट चुनिएर आउनुपर्ने र आरक्षण कोटा एक तहमा एक पटक मात्र हुनुपर्ने उनीहरुको माग थियो ।

महासमिति बैठक समापन गर्ने क्रममा पार्टी सभापति देउवाले दुवै माग सम्बोधन गर्ने आश्वासन दिएका थिए । तर, केही दिनअघि केन्द्रीय कार्यसमितिले त्यसविपरीत केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने र आरक्षण कोटामा एउटै व्यक्ति दोहोरिन सक्नेगरी विधान पास गरेको थियो ।

कांग्रेस जिल्ला सभापतिहरुले महासमितिबाट पास भएको विषय केन्द्रीय समितिले उल्टाएको भन्दै आश्चर्य व्यक्त गरेका छन् । ‘महासमितिभन्दा ठूलो केन्द्रीय कार्य समिति हुन सक्दैन भन्ने कुरालाई पूर्णतः उपेक्षा गरी पार्टी सभापतिजस्तो गरिमामय पदको विश्वसनीयता समेत समाप्त गर्ने काममा केही नेताहरु देखापर्नु दुर्भाग्यपूर्ण हो’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले केन्द्रीय कार्यसमितिको निर्णय पुनर्विचार गर्न माग गरेका छन् ।

‘अन्यथा विशेष महाधिवेशनका लागिसमेत पहल गर्न बाध्य हुनेछौं’ ५६ जिल्लाका सभापतिहरुले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment