Comments Add Comment

साउदीको जेद्दामा पहिलो पटक साहित्यिक कार्यक्रम

साउदी/ गैरआवासीय नेपाली संघ पश्चिम क्षेत्रीय समिति साउदी अरबले मार्च एकमा नेपाली भाषा, साहित्य र संस्कृतिको प्रबर्धन र साहित्य प्रेमिहरूको पहिचान गर्ने उद्देश्यका साथ जेद्दामा पहिलो पटक साहित्यिक कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली माहावाणिज्य दूतावासको हलमा गरिएको कार्यक्रममा जेद्दा क्षेत्रमा रहेका साहित्यप्रति रुचि राख्ने नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी कार्यबहाक महावाणिज्यदूत रेवतीरमण पौडेलले प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यप्रति उच्च लगाव राख्दै नेपाली साहित्यको प्रबर्धन गर्नका निमित्त यस्ता खाले साहित्यिक  कार्यक्रमको आयोजना हुनु अत्यन्तै गौरवको बिषय भएको बताए ।

दोस्रो चरणको रचना वाचन गर्ने कार्यक्रम अन्तर्गत बिष्णु न्यौपाने, रेवती रमण पौडेल, राजेश काफ्ले, रामराधा घिमीरे, सन्तोष लुइटेल, अञ्जन पोखरेल, दिलबहादुर थिङ तामाङ, राजकुमार गिरी, अर्जुन गिरी, आदित्य पौडेल, प्रेम बराइली, दिवस दाहाल, अनिष बम्जन, दिपकराज उपाध्याय, सुमन सलामी मगर, शान्ती तामाङ, गुरास राई, सागर राना, लाफा दिप मगर, अर्जुन गुरूङ ले आ-आफ्नो रचना वाचन गरेका थिए ।

कार्यक्रममा महावाणजि्य दूतावासका श्रम सहचारी राजु कुंवर, उप-वाणिज्यदूत झुपलाल पुन मगर, एनआरएनए एनसीसी साउदी अरबका उपाध्यक्ष घ्रुव रिजाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदी च्याप्टरका उपाध्यक्ष अञ्जन पोखरेलको रउपस्थिति थियो ।

यस्तै, नेपाल तामाङ घेदुङ साउदी अरबका अध्यक्ष दिलबहादुर थिङ तामाङ, नेपाली युवा क्लवका सल्लाहकार नरकुमार मगर, नेपाली सेवा समाजका अध्यक्ष दिनेश क्षेत्री, तमु धी जेद्दाका सल्लाहकार धनबहादुर गुरूङ पनि सहभागी भएका थिए ।

एनआरएनए क्षेत्रीय समितिका अध्यक्ष भीम गुरूङको सभापतित्वमा भएको कार्यक्रमको सहजिकरण उपाध्यक्ष राजकुमार गिरीले गरेका थिए । कोषाध्यक्ष राजेश काफ्लेले सहभागीहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रम समापन गर्दै सभापति गुरूङले जेद्दामा पहिलो पटक आयोजना भएको यो साहित्यिक सिर्जना कार्यक्रममा नेपाली साहित्यप्रति रूचि राख्नेहरूको उल्लेख्य सहभागिता रहेकाले आगामी दिनमा पनि यस्ता साहित्य सिर्जनाका कार्यक्रमलाई ब्यापक बनाउँदै लगिने जानकारी दिए ।

रचना वाचन सकिएसंगै सबै साहित्यिक सर्जकहरूलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment