Comments Add Comment

‘जानी नजानी’प्रति किन यति धेरै आशावादी निरिषा ?

चैत्र १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जानी नजानी’लाई लिएर यसकी डेब्यू नायिका निरिषा बस्नेतको आशा खुबै छ । निरिषा मिडिया कुराकानीमा पनि चलचित्र कुनै पनि हालतमा चल्नुपर्छ भन्न पछि पर्दिनन् । निरिषाले भनेकी छिन्–‘जानी नजानी’ चल्छ । दर्शक हलसम्म आउनुहुन्छ । मेरा लागि भएपनि आउनुहुन्छ । हाम्रो टिमको मिहिनेत हेर्न भएपनि आउनुहुन्छ ।’

यस्तो लाग्छ, यो चलचित्र निरिषाकै लागि भएपनि चल्नुपर्छ । उनले आफूले यो चलचित्रको जस्तो ट्रेलर अहिलेसम्म अरु नेपाली चलचित्रको नपाएको पनि दाबी गरिन् । निरिषा बस्नेत यो चलचित्रले माया प्रेमको कथाको साथमा राष्ट्रियताको कथालाई पनि उठाएको बताउँछिन् । चलचित्रले ढाकाको संरक्षणमा विशेष भूमिका खेलेको उनको तर्क छ ।

निरिषाको यो दाबीलाई दर्शकले कसरी लिने हुन् यो भने हेर्न बाँकी छ । प्रेमसँगै राष्ट्रियताको कथा बोकेको चलचित्रमा मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंह लगायतका कलाकारको अभिनय छ । रोशनी केसीले निर्माण गरेको चलचित्रलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रमा कथा, पटकथा तथा संवाद सामिप्यराज तिमिल्सिनाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment