Comments Add Comment

आठ घण्टामा २ सय ६० जनालाई कृत्रिम खुट्टा, बन्यो विश्व कीर्तिमान

भारतको गुजरातस्थित भरुचमा गत बिहीबार आठ घण्टाभित्र २ सय ६० जना अपाङ्ग मानिसहरुमा अत्याधुनिक कृत्रिम खुट्टा प्रत्यारोपण गरी विश्व कीर्तिमान कायम गरिएको छ ।

भारतीय न्याय तथा आधिकारिकता मन्त्री थावर चन्दले यो कार्यसँगै सातौँ गिनिज वल्र्ड रेकर्ड बनेको दाबी गरेका छन् । यसअघि सोही मन्त्रालयले सञ्चालन गरेका कार्यक्रमहरुका दौरान यस्तै खाले ६ वटा विश्व कीर्तिमान कायम भएका थिए ।

भरुचमा आयोजित अपाङ्गता पुनस्र्थापनासम्बन्धी राष्ट्रिय सम्मेलनको उदघाटनका क्रममा उनले यस्तो घोषणा गरे । उक्त कार्यक्रममा भारतभरका विभिन्न ६ सय विशिष्ठ व्यक्तित्वहरु सहभागी थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment