Comments Add Comment

हजुरआमाको ब्वायफ्रेण्डद्वारा ११ वर्षकी बालिका बलात्कार, गर्भपतन गराउन नपाउँदा बच्चा जन्मियो

Photo Credit : प्रतीकात्मक तस्वीर

यो दुनियाँमा क्रुर तथा पापी बलात्कारीहरुको कमी छैन । दक्षिण अमेरिकी देश अर्जेन्टिनामा हालै एउटा निकै दर्दनाक घटना सार्वजनिक भएको छ ।

एकजना ६५ वर्षका वृद्धले आफ्नै प्रेमिकाकी ११ वर्षीया नातिनीको बलात्कार गरेका छन् । आफ्नै हजुरआमाको ब्वायफ्रेण्डबाट बलात्कारमा परेकी ती बालिका गर्भवती बनिन् । अन्ततः ती बालिकाले २३ हप्तामा बच्चा जन्माएकी छिन् ।

समाचार अनुसार त्यो वृद्धले ती बालिकामाथि आक्रमण गरी बलात्कार गरेको थियो । उत्तरी अर्जेन्टिनाको टुकुम्यान प्रान्तमा यो घटना भएको हो ।

बलात्कारबाट गर्भवती बनेकी ती बालिकामाथि नियतिले यस्तो अन्याय गर्यो कि उनलाई गर्भपतन गर्न पनि कानूनले छेक्यो ।

ती बालिकाले अस्पतालमा आफै गएर आफ्नो पेटमा रहेको गर्भ निकालिदिन अनुरोध गरिन् । तर कानूनी रुपमा अभिभावकको स्विकृतिको अभावमा अस्पतालले गर्भपतन गर्न मानेन ।

कानून अनुसार अभिभावकको स्विकृति बिना अवैध रुपमा रहेको गर्भको गर्भपतन गर्न पाइँदैन ।

वास्तवमा बलात्कारको घटनापछि उनकी हजुरआमालाई बालिकाको अभिभावकत्वबाट विमुख गराइएको थियो । सोही कारण हजुरआमा कानूनी रुपमा अभिभावक बन्न नपाएको हुँदा उनको गर्भपतन गराउन समस्या परेको थियो ।

अन्ततः ती हजुरआमाको अभिभावकत्व फिर्ता गराइएसँगै गर्भपतनको लागि कानूनी प्रक्रिया पूरा गरियो । त्यति बेलासम्म बालिकाको पेटको गर्भ २३ हप्ताको बनिसकेको थियो ।

२३ हप्ताको गर्भ पतन गर्नु बालिकाको स्वास्थ्यका लागि खतरनाक हुने भन्दै फेरि डाक्टरहरुले गर्भपतन गराउन अस्विकार गरे । अन्ततः ती बालिकाको शल्यक्रिया गरेर बच्चा निकालियो ।

बालिकाको पेटबाट जीवितै बच्चा निकालिएको भएपनि त्यो बाँच्ने सम्भावना नरहेको बताइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment