Comments Add Comment

नायिकाबाट निर्मात्री बनिन् आलिया

बलिउड नायिका आलिया भट्टको अहिले दिन बलेको छ । उनी, जे छुन्छिन् त्यो हिट हुन्छ । यसैले आलियाले कमाई पनि लोभलाग्दो गरिरहेकी छिन् । उनै, नायिका आलिया भट्टले केही दिन अगाडि अपार्टमेन्ट किनेको भन्ने चर्चा चलेको थियो । तर, आलियाले यो कुरालाई अस्विकार गरेकी छिन् ।

आलियाले भनिन्–‘हो, मैले अपार्टमेन्ट किनेकी हुँ । तर, अहिले मेरा घर भएको ठाउँमा नै किनेकी हुँ । यो अपार्टमेन्ट मैले विशेषगरि, अफिसका लागि किनेकी हुँ ।’ उनले, आफू आफ्नो परिवार छाडेर कतै पनि नजाने पनि स्पष्ट पारिन् ।

आलियाले अगाडि थपिन्–‘हो, म अब आफ्नै निर्माण कम्पनी सुरु गर्दैछु । मैले यसको नाम इर्टरनल सनसाइन प्रोडक्शन राखेकी छु । के तपाइलाई यो मन पर्यो ?’ आलियाले आफूलाई हेर्न मन लाग्ने चलचित्रहरु आफ्नो कम्पनीबाट निर्माण गर्ने बताइन् । तर, उनले यो अपार्टमेन्ट आफू र रणवीर कपुरका लागि नकिनेको समेत स्पष्ट पारेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment