Comments Add Comment

युएईमा नेपाली समुदाय लक्षित लखपति बन्ने योजना सार्वजनिक

युएई । युएई एक्सचेन्जले नेपाली नयाँ वर्षको अवसरमा आफ्ना ग्राहक लक्षित लखपति बन्ने योजना ल्याएको छ ।

युएईमा कार्यरत नेपाली ग्राहकलाई लक्षित गदै ‘नयाँ वर्षको बहार, जितौँ हरेक हप्ता एकलाख उपहार’ नामक योजना ल्याएको हो ।

युएई एक्सचेन्जका कुनै पनि शाखाबाट नेपालमा ग्लोबल आइएमई तथा ग्लोबल बैंकमा पैसा पठाउने ग्राहक लखपति योजनामा सहभागी बन्ने एक्सचेन्जका नेपाल बजार प्रमुख सन्तोष प्रसाईंले बताए ।

सात हप्तामा सातजना लखपति बन्ने योजना फागुन १७ गतेदेखि सुरु भइ वैशाख २ गतेसम्म चल्ने छ । यो योजनामा सहभागी ग्राहकको कुपन हरेक हप्ता खोलिने छ। डिजिटल गोलाप्रथाद्वारा बिजेता छानिने र हरेक हप्ता एकजनाले १ लाख रुपैयाँ नगद जित्नेछन् ।

यहाँ कार्यरत नेपालीलाई बैधानिक बाटोबाट देशमा पैसा पठाउन प्रेरित गर्ने उद्देश्यले एक्सचेन्जले यस्ता अफर ल्याउने गरेको प्रसाइले बताए । ‘विगतमा पनि यस्ता किसिमका योजना ल्याउने गरेका थियौं । ग्राहकले रुचाएकै कारण यसलाई निरन्तरता दिएको हो । यो योजना नेपाली ग्राहकका लागि मात्र हो,’ उनले भने ।

युएईमा संचालन हुने यस्ता योजनामा सहभागी नेपालीले ठूलो धनराशी हात पार्दै आएका छन् ।

रेमिट्यान्सबाट पैैसा पठाउँदा सुरक्षित र विश्वसनीय हुने भएकाले यहीँ माध्यम प्रयोग गर्न यहाँ कार्यरत नेपालीलाई उनको आग्रह छ । अहिले युएई १ दिहरामको नेपाली ३० रुपैँया भन्दा माथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment