Comments Add Comment

रोहित चन्द पर्सिजा जकार्तामा अनुबन्धित

२१ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य सदस्य रोहित चन्द इन्डोनेसियन क्लब पर्सिजा जकार्तामा पुनः अनुबन्धित भएका छन् ।

८ फागुनमा इन्डोनेसिया प्रस्थान गरेका रोहित पुनः पर्सिजा जकार्तामै अनुबन्धित भएका हुन् । क्लब र रोहितबीच सम्झौतापत्रमा हस्ताक्षर भएको रोहितका दाई रोविन चन्दले बताए ।

रोहित यो सिजनका लागि पर्सिजा जकार्तामा अनुबन्धितमा भएका हुन् । तर उनको पारिश्रमिक करिब ८० प्रतिशतले बृद्धि भएपनि कति रकमा अनुबन्धित भएको उल्लेख गरिएको छैन ।

गएको सिजन पर्सिजा जकार्तालाई लिग च्याम्पियन बनाएका रोहित मोस्ट भ्यालुयवल प्लेयर तथा प्रतियोगिताकै उत्कृष्ट खेलाडीसमेत बनेका थिए । जकार्ताको मुख्य सदस्यको रुपमा रहँदै आएका रोहितले आˆनो खेलको प्रभाव देखाएकैले उनलाई क्लबले फेरि पनि बोलाएको हो ।

रोहितको २०१८ को डिसेम्बर अन्तिममा पर्सिजासँग सम्झौता सकिएको थियो । यसअघि उनी २०१३ देखि २०१५ सम्म पर्सिजा जाकर्तामा अनुबन्धित भएका थिए । त्यसपछि २०१७ देखि २०१८ सम्म उनले उही क्लबबाट व्यवसायिक फुटबल खेले ।

यसअघि रोहितले अन्य देशका क्लबबाट व्यवसायिक फुटबल खेल्ने मनसाय व्यक्त गरेका थिए अष्ट्रेलियाको ए डिभिजन क्लबसँग कुरा पनि गरेका थिए तर, अष्ट्रेलियामा लिग सकिन लागेको हुदा फेरी रोहित पुरानै क्लब फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment