Comments Add Comment

आठौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमबाट भलिबलमा बैतडी छनौट

२१ फागुन,दार्चुला । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमबाट पुरुष भलिबलमा बैतडी छनौट भएको छ ।

फागुन १७ गतेदेखि सुरु भएको प्रदेशस्तरीय छनौट प्रतियोगिताबाट उत्कृष्ट भएको बैतडीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने अवसर पाएको हो ।

१७ वर्ष पश्चात् दार्चुलामा आयोजना गरिएको प्रतियोगिताको सुरुमा कमजोर खेल प्रदर्शन गरेको बैतडीले दोस्रो चरणका सबै खेल लगातार जितेर छनौट हुन सफल भयो । पहिलो चरणका खेल भने डोटीले जितेको थियो तर दोस्रो चरणमा बैतडीसँग पराजित भयो ।

प्रदेशका ९ वटै जिल्लाको सहभागिता रहेको छनौट प्रतियोगितामा डाटी दोस्रो भएको छ भने बझाङ र डडेल्धुरा तृतीय भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment