Comments Add Comment

बी डिभिजन लिगको उपाधि आरसीटीलाई

२१ फागुन, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिग फुटबलको उपाधि रानीपोखरी कर्नर टिम (आरसीटी) ले जितेको छ ।

ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको फाइनल राउण्डको अन्तिम खेलमा आरसीटीले श्री भगवती क्लबलाई १–० ले पराजित गर्दै उपाधि जितेको हो । आरसीटीका लागि लोकेन्द्रबहादुर कार्कीले २३ औं मिनेटमा निर्णायक गोल गरे ।

फाइनल राउण्डको खेलमा आरसीटीले तीन खेलमध्ये आरसीटीले सबै खेल जित्यो । उपविजेता बनेको श्री भगवती क्लबले तीन खेलमा दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्‍यो ।

त्यस्तै, मंगलबार भएको अर्को खेलमा टुसाल क्लबले सातदोबाटो युथ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै तेस्रो बनेको छ । सातदोबाटोले भने चौथो स्थानमा चित्त बुझायो ।

प्रतियोगिताको विजेता टिम आरसीटीले ट्रफीसँगै आठ लाख नगद प्राप्त गरेको छ । त्यस्तै, उपविजेता बनेको श्री भगवतीले पाँच लाख नगद प्राप्त गरेको छ ।

त्यस्तै, तेस्रो स्थान हाशिल गरेको टुसालले तीन लाख प्राप्त गर्दा चौथो बनेको सातदोबाटोले दुई लाख प्राप्त गरेको छ ।

त्यस्तै, उत्कृष्ट फरवार्डमा सातदोबाटोका विरेन्द्र लिम्बु, मिड्फिल्डरमा श्री भगवतीका दर्शन गुरुङ, डिफेन्डरमा आरसीटीका लोकेन्द्रबहादुर कार्की, गोलकिपरमा टुसालका विनोद सोडारी घोषित हुदा उत्कृष्ट प्रशिक्षकमा बैजु कपाली चुनिए ।

विधागत उत्कृष्ट हुने सबैले नगद २५ हजार प्राप्त गरे । त्यस्तै, फेयर प्लेको अवार्ड भने श्री कुमारी क्लबले जितेको छ । उसले नगद २५ हजार प्राप्त गरेको छ ।

बी डिभिजन लिगबाट यस पटक कुनै पनि टिम ए डिभिजनमा बढुवा नहुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment