Comments Add Comment

छैठौं मणिमुकुन्द कप भलिबल प्रतियोगिता शुरु

२१ फागुन, बुटवल । बुटवलमा छैठौं मणिमुकुन्दकप प्रदेश ५ स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।

मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले आयोजना गरेको प्रतियोगिताको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले उद्घाटन गरे ।

प्रदेश ५ का ६ जिल्लाको सहभागिता रहेका प्रतियोगिताको मंगलबार उद्घाटन खेलमा जिल्ला भलिबल संघ रुपन्देही विजयी भएको छ ।

रुपन्देहीले जिल्ला भलिबल संघ बाँकेलाई २५— ११, २५—२२ र २५—१७को सोझो सेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो यात्रा जारी राखेको छ ।

प्रतियोगिताको दोस्रो दिन भोलिको पहिलो खेलमा जिल्ला भलिबल संघ अर्घाखाँचीले जिल्ला भलिबल संघ गुल्मीको सामना गर्नेछ भने, दोस्रो खेलमा जिल्ला भलिबल संघ बांकेले जिल्ला भलिबल संघ नवलपरासीको सामना गर्ने प्रतियोगिताका संयोजक तथा मणिमुकुन्द भलिबल क्लबका संरक्षक सुरेन्द्र गुरुङले बताए ।

फागुन २४ गतेसम्म संचालन हुने प्रतियोगिताको प्रथम हुने टिमले नगद १ लाख १ हजार, द्धितीय हुने टिमल ७७ हजार, तृतीय हुनेले नगद ४४ हजार प्राप्त गर्नेछन भने सान्त्वना हुने टिमले नगद २२ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment