Comments Add Comment

बार्यनका ट्रिओले अब जर्मनीका लागि नखेल्ने

काठमाडौं । थोमस मुलरसँगै जेरोम बोटेङ र म्याट हमल्सले अब जर्मनीका लागि नखेल्ने भएका छन् ।

बोटेङ र हमल्स ३० वर्षका भए भने मुलर २९ । बार्यन म्युनिखका ट्रिओले २०१४ मा जर्मनीलाई विश्वकपको उपाधि दिलाउन भूमिका खेलेका थिए । तर, २०१८ को विश्वकपमा समूह चरणबाटै बाहिरियो भने नेशन्स लिगमा रेलिगेशनमा पर्‍यो ।

जर्मन प्रशिक्षक जोचिम लो भन्छन्, ‘२०१९ जर्मनको राष्ट्रिय टिमको नयाँ सुरुवातको वर्ष हो ।’

उनले अघि भने, ‘हामी टिममा नयाँ अनुहार ल्याउन चाहन्छौं र मैले यो सही कदम हो भनेर बुझाएको छु ।’ मुलर, बोटेङ र हमल्सले पछिल्लो पटक अक्टोबर १३ मा नेशन्स लिगमा नेदरल्याण्ड्सविरुद्ध खेलेका थिए तर, ३–० ले हार्‍यो ।

मुलर जर्मनीका सर्वाधिक गोलकर्ताको सूचीमा नवौं स्थानमा छन् । उनले १०० खेल खेलेका ३८ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment