Comments Add Comment

५औं श्रीसिया गोल्डकप भोलिबाट

२२ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-२५ मा धिरज चौधरीको स्मृतिमा ५ औं श्रीसिया गोल्डकप भोलि (बिहीबार)बाट हुने भएको छ ।
चैत २ गतेसम्म संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक वजरंगी युवा क्लबले जानकारी दिएको छ ।

बुधबार पत्रकार सम्मेलन गरी क्लबले ड्राईपोर्ट सिर्सियास्थित खेल मैदानमा हुने प्रतियोगितामा ११ लाख खर्च लाग्ने अनुमान गरिएको जानकारी दिएको छ ।

प्रतियोगिताको विजेतालाई १ लाख ११ हजार र उपविजेतालाई ५१ हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा बाराको एपीएफ पथलैया, वीरगञ्ज युथ एकेडेमी, युवा स्पोस्र्टस क्लब वीरगञ्ज, युवा समाज चितवन, मकवानपुर ११ हेटौंडा, बारा ११, सरस्वती युवा क्लब रौतहट, वीरगञ्ज युनाईनेट र वीरगञ्ज आर्मीको सहभागिता हुने क्लबका अध्यक्ष सञ्जय पटेलले जानकारी दिए ।

युवाहरुलाई खेलकुदमा आर्कषित गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका महासचिव विजय तिवारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment