Comments Add Comment

मीनराजको ‘पिपिरी’ सार्वजनिक

उपन्यास ‘मुदिर’पछि मिनराज वसन्त बाल्यकाल नोस्टालोजिया ‘पिपिरी’ आख्यान लिएर पाठकमाझ आएका छन् ।

सार्वजनिक साहित्यकार समारोहमा मिनराजले भने, ‘यो एउटा बच्चा र आमाको कथा हो ।’

पुस्तकमाथि बेल्दै कवि हाँगयुग अज्ञातले ‘पिपिरी’बाट लेखकले छुट्टै छवि निर्माण गर्न खोजेको बताए । ‘साहित्यले आफ्नो समय बोल्छ, मीनराजको आफ्नो समयको कथाभित्र पाठकले आफू पाउँछन्’, कवि अज्ञातको धारणा छ, ‘यस्ता कथाहरु सुन्न, बुझ्न र पढ्न सबैलाई मन पर्छ ।’

‘पिपिरी’मा बाल मनोविज्ञानलाई समाजले हेर्ने दृष्टिकोण देखाइएको छ । साहित्यकार अमर न्यौपानेले पुस्तक पढेपछि बाल मनोविज्ञानबारे किन लेखिनँ भन्ने प्रश्न आफैंले आफैंलाई गरेको बताए ।

न्यौपानेले आख्यानमा भएको आञ्चलिक भाषाले कृतिलाई थप सुन्दर बनाएको बताए ।

सगुना शाहले ‘पिपिरी’ करुण रसले भरिएको मीठो धुन भएको बताइन् ।

फिनिक्स बुक्सले प्रकाशन गरेको ‘पिपिरी’को मूल्य ४५० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment