Comments Add Comment

विमानस्थलका आन्दोलित सफाइ कर्मचारी काममा फर्किए

२२ फागुन, काठमाडौं । आन्दोलन थालेका त्रिभुवन विमानस्थलका सफाइ कर्मचारी काममा फर्किएका छन् । समयमै तलब नपाएपछि उनीहरुले बुधबार विहान एक घण्टा काम रोकेका थिए ।

तर, सफाइको ठेक्का लिएको कम्पनी इनोभेटिभ सोलुसनलाई सरकाले दिनुपर्ने रकम तत्कालै उपलब्ध गराउने सहमति भएपछि उनीहरु काममा फर्किएका हुन् । विमानस्थलको सफाइको जिम्मा यही कम्पनीले पाएको छ, र उसैले कामदार खटाउने गरेको छ ।

तर, पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणको बोर्डमा पुगेको इनाोभेटिभलाई रकम निकासा दिने प्रस्ताव अलपत्र परेको छ । यसैका कारण कम्पनीले कामदारलाई पारिश्रमिक दिन सकेको छैन ।

विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्री कर्मचारीलाई मनाएर काममा फर्काएको बताउँछन् । उनले केही दिनभित्रै बोर्डमार्फत निर्णय गरेर कम्पनीलाई रकम उपलब्ध गराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment