Comments Add Comment

जब मोटे मुसालाई बचाउन ९ सदस्यीय उद्धार टोली खटियो…(भिडियो सहित)

जर्मनीको बेसहाइम सहरमा अग्नी नियन्त्रक तथा उद्धार कार्यालयमा एउटा अनौठो फोन आयो । ढलको बंगालमा रहेको प्वालमा फसेको एउटा मोटो मुसाको उद्धार गर्नुपर्यो भन्दै कसैले उद्धारकर्मीलाई फोन गर्यो ।

उद्धार टोलीका माइकल सेहरका अनुसार चिसोको कारणले गर्दा उक्त मुसाको जीउ फुलेको थियो र मोटो भएको थियो । बंगालको प्वालमा उसको जिउ अडि्कयो । मुसा न त बाहिर आउन सक्यो, न त भित्र नै जान सक्यो ।

मुसाको उद्धारका लागि उद्धारकर्मीको समूह घटनास्थलमा पुग्यो । ९ सदस्यीय उक्त उद्धार टोलीले प्वालमा फसेको मुसाको उद्धार गरिरहँदा त्यहाँ रहेका केही मानिसहरुले अनौठो माने । आखिर एउटा मुसा बचाउन किन यति धेरै श्रोत र शक्ति प्रयोग गरेको ?

तर, उद्धार कर्मीले चाहीँ मानिसहरुले मन नपराउने जनावरको पनि बाँच्ने हक रहेको र त्यस्ता जनावरलाई पनि सम्मान दिनुपर्ने बताए ।

वास्तवमा मुसाको उद्धारका लागि भन्दै फोन आएपछि उद्धार कार्यालयले तत्कालै त्यस उपर कार्यवाही अगाडि बढाएको थियो र त्यस मिसनको नाम सानो जनावर नामक कोड दिएको थियो ।

अन्ततः उद्धार कर्मीहरुले ढलको त्यो ढकनी बाहिर निकालेर त्यो मुसाको उद्धार गरे । प्वालमा फसेको मुसालाई त्यहाँबाट थुतेर पुनः नालीमै छाडिदिए, जहाँबाट बाहिर निस्किने क्रममा मुसा ढकनीको प्वालमा फसेको थियो ।

उक्त घटनाको तस्वीर सोसल मिडियामा राखेपछि त्यो भाइरल बनेको थियो । हजारौँ मानिसहरुले उद्धारकर्मीहरुको तारिफ गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment