Comments Add Comment

मल्लिकाको सुन्दरता

चैत्र २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘यात्रा’को मुख्य भूमिकामा नायिका मल्लिका महत्तले काम गरेकी छिन् । चलचित्रको टिजर सार्वजनिक भएसँगै नै नायिका मल्लिका महत्तको चर्चा चलचित्र वृत्तमा चल्न थालेको हो । चलचित्रको प्रचार सामाग्री सार्वजनिक हुनु अगाडि खासै चर्चामा नरहेकी मल्लिका टिजर आएपछि चलचित्रकर्मीको पनि नजरमा परेकी छिन् । यो चलचित्रमा उनले नायक सलिनमान बनियाँको जोडीको रुपमा काम गरेकी छिन् ।

मल्लिका यो चलचित्रले आफूलाई यो क्षेत्रमा स्थापित गर्नेमा ढुक्क छिन् । चलचित्रको निर्माण टिम पनि मल्लिकाको कामबाट सन्तुष्ट रहेको बताउँछ । नेपाली चलचित्रमा नयाँ–नयाँ नायिकाहरुको आगमन भैरहेको समयमा मल्लिकाको करिअर यात्राले कता लैजाला, प्रतिक्षा गर्नैपर्छ ।

 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment