Comments Add Comment

केली जेनरः सौन्दर्य प्रशाधन विक्री गरेर विश्वकै कान्छी अर्बपति

कुनैबेला विश्वकै सर्वाधिक सेक्सी युवतीको सूचीमा थिइन, अमेरिकी टेलिभिजन स्टार केली जेनर । अहिले उनी विश्वकै सबैभन्दा कान्छी अर्बपति बनेकी छिन् । २१ बर्षको उमेरमा ।

केली खासमा अमेरिकी रियलिटी टिभी स्टार हुन् । किम कार्दशियनकी बहिनी पनि । फोब्र्स म्यागेजिनले सार्वजनिक गरेको २०१९ को अर्बपतिको सूचीमा केली परेकी छिन् ।

केलीले सन् २०१६ मा केइली कस्मेटिक्सको स्थापना गरेकी थिइन् । उनको कम्पनीले करिब ९० करोड डलरको सम्पत्ति आर्जन गर्न सफल भइसकेको थियो । केली फोब्र्सको अर्वपतिको सुचीमा परेको यो नै पहिलो पटक हो । यससँगै उनलाई फोब्र्सलेसबैभन्दा कम उमेर तथा ‘सेल्फ मेड’ धनी महिलाको उपाधी दिएको छ ।

कसरी धनाड्य भइन् ?

केलीले विगत तीन वर्षदेखि केलीले अनलाइन तथा विभिन्न ऐपमार्फत आˆनो कस्मेटिक प्रोडक्टस् विक्री वितरण गर्दै आएकी छिन् । उनले अल्ट्रा नामक कम्पनीसित सम्झौता गरेपछि २९ डलरमा विक्री वितरण हुँदै आएको उनको कस्मेटिक एक हजार भन्दा बढी स्टोरमा विकि्रवितरण हुँदै आएको छ ।

ओपन हेइमरका अनुसार उक्त सम्झौता गरेको करिब छ हप्तामै केली कस्मेटिक्सले अल्ट्रामार्फत पाँच सय ४० लाख अमेरिकी डलर बराबरको आˆनो उत्पादन विक्री वितरण गर्न सफल भएको थियो  ।

त्यसयता केलीले आˆनो कम्पनीमार्फत झण्डै ६३ करोड अमेरिकी डलर बराबरको व्यापार गर्न सफल भैसकेको छ ।

केइली कम्पनीकी मालिक केली स्वयं हुन् भने जम्मा २९ डलरको लिपिस्टकबाट आˆनो कारोबारको सुरुवात गरेकी उनले कम्पनीको मुल्य नब्बे करोड डलर रहेको अनुमान रहेको छ ।

विश्वकै धनी महिला बन्ने संभावना

एक तथ्यांक अनुसार उनको आयमा यसरी नै बढोत्तरी भइरहे उनी अबको तीन वर्षमा विश्वकै धनी महिलाको सुचीमा पर्नेछिन् । उनले फेसबुका संस्थापक मार्क जुकरवर्गलाई समेत पछि पार्नेछिन् । मार्क जुगरवर्ग २३ वर्षको उमेरमा नै कम उमेरका विश्वका धनी अरबपतिमा पर्न सफल भएका थिए ।

उनको कम्पनीमा हाल सात जना कर्मचारी फुल टाइमरका रुपमा कार्यरत छन् भने पाँच जनाले पार्ट टाइमरको रुपमा काम गरिरहेका छन् । उक्त कम्पनीको प्रोडक्ट बनाउने तथा प्याकेजिङ्ग गर्ने काम भने सिड व्युटीले गर्दै आएको छ । त्यसको विक्रीवितरण तथा बजार व्यवस्थापन सोपिफाई नामको कम्पनीले गर्दै आएको छ।  कम्पनीको फाइनान्सको जिम्मा उनकी आमा कि्रशले गर्दै आएकी छिन् ।

सोशल मिडियाबाट मार्केटिङ

केलीले आˆनो प्रोडक्टको मार्केटिङ सोशल मिडियामार्फत गर्दैर् आएकी छिन्, जहाँ उनको लाखौ फलोअर्स छन् ।

‘यो सामाजिक सञ्जालकै शक्ति हो, जसले गर्दा मैले केही कुरा सुरु गर्नु अघि नै त्यो कुरा लाखौ जनतासम्म पुगिसक्छ’, केलीले भनेकी छिन् ।

अल्ट्रा र केलीको समन्वय उदाहरणीय छ । अल्ट्रामार्फत केलीले महंगोदेखि सस्तो प्रोडक्टस् समेत बिक्रीवितरण गर्दै आएका छन् । विश्लेषकहरुका अनुसार केली केस्मेटिकले बालबालिका देखि सबै उमेर समूहलाई आर्कषित गरिरहेको छ । क्रेडिट कार्ड नहुने तथा अनलाइनमार्फत सामान खरीद नगर्नेहरुको पहुँचमा समेत केली पुग्न सफल भैसकेको छ ।

अल्ट्राले केलीको विक्रीवितरणमा प्रमुख भूमिका निर्वाह गरेको छ । सेफोराको तुलनामा अमेरिकामा मात्र यसको सात सय भन्दा बढी स्टोर छ । अल्ट्राले अहिलेलाई त यस्तो ब्राण्ड पाएको छ, जसलाई मार्केटिङ्ग गर्न आवश्यक छैन । उनीहरुलाई आˆनो उत्पादन बजारमा लैजान खासै कुनै फण्डा अपनाउनु पनि परेको छैन ।

‘केलीले एक करोड मानिसहरु समक्ष पुग्न सफल हुनुमा सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका खेलेको छ । उनले अनलाइनमार्फत राम्ररी काम पनि गरिरहेकी छिन् । तर अनलाइनले उनलाई पुर्‍याउन सक्ने भनेको त्यहीसम्म मात्र हो’,  बीएमओ क्यापिटल मार्केटका इन्क्वीटी रिर्सच एनालिष्ट सेनोन कोइनले भनिन् ,’ उसले सम्भवत महसुस गरिसकेको हुनु पर्छ कि अब यो भन्दा अघि बढ्नु छ भने उनलाई एउटा पार्टनरको आवश्यकता पर्छ’ ।

एक वर्षको अवधीमा केली प्रोडक्टले आˆनो उत्पादन शुन्यबाट ३०७ करोड अमेरिकी डलर पुर्‍याउन सफल भएको छ । गत वर्ष नौ प्रतिशतबाट बढेर यो ३०७ करोड अमेरिकी डलरमा पुग्न सफल भएकोमा ०१७ र ०१८मा यो केवल एक अंकले मात्र वृद्धि भएको थियो । सन् ०१७ मा ३० वटा नयाँ प्रोडक्ट सार्वजनिक गरेकी थिइन् जसमा कन्सिलर, मेकअप ब्रश सहित केलीको प्रोडक्ट रहेको थियो । सन् २०१८मा विभिन्न रङ सहित यस्ता प्रोडक्ट बजारमा ल्याइएको थियो ।

हाल केलीको कम्पनीबाट उत्पादित म्याटको लिपस्टिक तथा म्याचिङ्ग लिपलाइनर निकै चर्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment