Comments Add Comment

‘ए मेरो हजुर ३’को गीतमा जब अनमोलले सुहानालाई चिट गरे

चलचित्र ‘ए मेरो हजुर ३’ चर्चामा छ । चैत्र २९ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । यो चलचित्रबाट नायिका झरना थापाकी छोरी सुहाना थापाले चलचित्र क्षेत्रमा डेब्यू गर्दैछिन् । सुहानालाई सिंगो चलचित्र क्षेत्र र दर्शकले पनि प्रतिक्षा गरिरहेका छन् । सुहानाको कामको यो चलचित्रका नायक अनमोल केसीले त सुरुवातदेखि नै प्रशंसा गरिरहेका छन् ।

यसैविच, यो चलचित्रको निर्माणपक्षले चलचित्र रिलिजको एक महिना भन्दा केही बढी समय मात्र बाँकी रहेको समयमा पहिलो गीत सार्वजनिक गर्ने भएको छ । ‘चिट डे’ बोलको गीत चाडै नै सार्वजनिक गरिने निर्माता सुनिलकुमार थापाले जानकारी दिए ।

प्रतिक पौडेलको शब्द तथा संगीतमा तयार भएको यो गीतमा प्रविशा अधिकारीको आवाज छ । राहुल शाहको कोरियोग्राफी रहेको गीतलाई संजय लामाले खिचेका हुन् । यो गीत सार्वजनिक भएपछि सुहानाको काम दर्शकले केही मात्र भएपनि देख्न पाउनेछन् । यो चलचित्रमा नायक अनमोल केसी र नायिका सुहाना थापाको अलवा सलोन बस्नेतको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment