Comments Add Comment

सर्वोच्चको आदेशपछि सेन्ट्रल जेलबाट छुटे सीके राउत

Photo Credit : फाइल फोटो

२३ फागुन, काठमाडौं । स्वतन्त्र मधेश गठबन्धनको संयोजक बताउने डा. सीके राउत थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले तारेखमा राखेर रिहा गर्न आदेश दिएपछि उनीलाई थुनामुक्त गरिएको हो ।

उनी राज्य विप्लवविरुद्धको मुद्दामा केन्द्रीय कारागारमा थिए । कारागारका जेलर वेधनिधि अधिकारीले केहीवेर अघि उनलाई छाडिएको बताए ।

‘अदालतबाट आएको पत्रानुसार थुनामुक्त गरिएको हो’, उनले अनलाइनखबरसँग भने । यसअघि बिहीबार दिउँसो प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।

जिल्ला अदालत, रौतहटले राउतलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो, उच्च अदालतले त्यसलाई सदर गरेको थियो । तर, निवेदकविरुद्ध किटानी जाहेरी नपरेको तथा अपराधसँग सम्बन्धित दशी प्रमाण फेला नपरेको भन्दै सर्वोच्चले साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment