Comments Add Comment

एलजीले ल्याउँदैछ तन्काउन मिल्ने स्मार्टफोन

विश्वका चर्चित स्मार्टफोन कम्पनीहरु यो वर्ष स्क्रिन फोल्ड गर्न मिल्ने स्मार्टफोन निर्माणमा केन्द्रित भैरहेका छन् ।

सामसुङ र हुवावेले आफ्नो फोल्डेबल फोन सार्वजनिक नै गरिसकेका छन् । उता एप्पलले फोल्डेबल फोनको पेटेन्ट दर्ता गरेको छ र जुनसुकै बेला उसले फोल्डेबल आइफोन ल्याउन सक्दछ ।

फोल्डेबल फोन ल्याउने यो प्रतिस्पर्धालाई चक्मा दिँदै दक्षिण कोरियाली कम्पनी एलजीले तन्काउन मिल्ने फोन बजारमा ल्याउने घोषणा गरेको छ ।

एलजीका अनुसार उसले फोल्डेबल फोन नभै स्ट्रेचेबल अर्थात् तन्काउन र खुम्चाउन मिल्ने लचिलो फोन निर्माणमा काम गरिरहेको छ ।

एलजीले तन्काउने फोनको प्रविधिको पेटेन्ट दर्ता गरिसकेको छ । जसबाट प्रष्ट हुन्छ कि एलजीको उक्त फोन लचिलो हुनेछ र त्यसलाई अगाडि र पछाडि तथा दायाँ बायाँ सबैतर्फ मोड्न अर्थात् तन्काउन सकिनेछ । स्मार्टफोनको डिस्प्लेलाई सबै दिशामा बढाउन तथा घटाउन सकिन्छ । आफुलाई मनपर्ने आकारमा स्क्रिनको साइज मिलाउन पनि सकिनेछ ।

स्मरण रहोस् सामसुङले हालै आफ्नो फोल्डेबल स्मार्टफोन ग्यालेक्सी फोल्ड लञ्च गरेको थियो । त्यसपछि हुवावेले आफ्नो फोल्डेबल फोन मेट एक्स लञ्च गर्यो । पछिल्लो रिपोर्ट अनुसार ग्यालेक्सी फोल्डलाई प्रयोगकर्ताले मन पराएमा सामसुङले अरु दुई नयाँ फोल्डेबल स्मार्टफोन समत ल्याउने तयारी गरेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment