Comments Add Comment

अनौठो मन्दिर : जहाँ हवाईजहाज चढाएमा विदेश जाने भिसा पाइन्छ

विदेश भ्रमण गर्न सम्बन्धित देशको भिसा चाहिन्छ । अमेरिका, युरोप तथा अष्ट्रेलिया जस्ता देशको भिसा पाउन नेपालीहरुले निकै पापड बेल्नुपर्दछ । नेपाली मात्र होइन आम भारतीयहरुलाई समेत पश्चिमा देशमा भिसा पाउन सजिलो छैन । भिसाका लागि आवेदन गरेपछि भिसा आउने नआउने द्विविधाको अवस्थामा मान्छेले भगवानको नाम निकै पुकार्छ । भगवान पुकार्ने मान्छेहरु निकै धेरै भएकैले होला भारतमा भिसाको लागि भगवानको पुजा गर्ने भिसा मन्दिर नै छ ।

उक्त मन्दिरमा भगवानलाई हवाइजहाज चढाएमा आफुले चाहेको देशको भिसा पाइन्छ भन्ने मान्यता छ । भारतको तेलंगना राज्यमा यस्तो मन्दिर रहेको छ । उक्त मन्दिरको नाम चिल्कुर बालाजी मन्दिर हो । उक्त मन्दिरको परिक्रमा गर्ने, भगवानको पुजा गर्ने र खेलौना हवाइजहाज चढाएमा भिसा प्राप्ति सहज हुने विश्वास छ । उक्त मन्दिरको नामै भिसावाला मन्दिर रहेको छ।

उक्त मन्दिरमा मानिसहरु राम्रो जागिर पाउँ भनेर आशिर्वाद माग्दै पुजा गर्न प्नि जान्छन् । मन्दिरको ११ पटक परिक्रमा गरेपछि मनले चाहेको पुग्दछ भन्ने जनविश्वास रहेको छ । जब उक्त मन्दिरमा आफुले मागेको कुरा प्राप्त हुन्छ तब मानिसहरु पुनः आएर मन्दिरको १ सय ८ पटक परिक्रमा गर्दछन् । यो मन्दिर ५ सय वर्ष पूरानो रहेको छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment