Comments Add Comment

सी डिभिजन लिगमा मनोहराको जीत

Photo Credit : वीरगञ्ज र समाजकल्याण खेलकुद केन्द्रबीचको खेल ।

२४ फागुन, काठमाडौं । शहिद स्मारक सी डिभिजन लिग फुटबलमा मनोहरा युनाइटेड क्लबले जीत हात पारेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा मनोहराले ओएसिस क्लबलाई ३–२ गोलअन्तरले पराजित भएको हो । मनोहराको जितमा दिनेश राईले दुई र सइमन लिम्बुले एक गोल गरे । यता, ओएसिसका लागि भरत गुरुङ र प्रकाश पुनले गोल गरे ।

खेलको १२औं र ५६ औं मिनेटमा ओएसिसले गोल गर्दै २–० गोलको अग्रता लिएको थियो । तर मनोहराले उत्कृष्ट पुनरागमन गर्दै तीन गोल गर्न सफल भयो । मनोहराले खेलको ८२ औं मिनेटमा गोल गरेको थियो । त्यस्तै, दुई गोल भने अतिरिक्त समयमा गोल गरेको थियो ।

त्यस्तै, आजै भएको अर्को खेलमा विरगञ्ज युथ एकेडेमी र समाज कल्याण खेलकुद केन्द्रबीच १–१ गोलको बराबरीमा सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment