Comments Add Comment

भोजपुर मेयर कपको उपाधि आम्तेकलाई

२४ फागुन, भोजपुर । भोजपुरको टुँडीखेलमा संचालन भएको दोस्रो मेयर कप खुल्ला फुटबल प्रतियोगिताको उपाधि भोजपुर नगरपालिका-११ आम्तेक टिमले हात पारेको छ ।

शुक्रबार भएको फाइनल खेलमा भोजपुर नगरपालिका-७ लाई २ का विरुद्ध ३ गोल गर्दै आम्तेक टिमले २ लाख नगद, ट्रफि र मेडल हात पारेको हो ।

खेलको ८ औं मिनेटमा भोजपुर-७ का जर्सि नम्बर ४ का वर्तमान राईले १ गोल गरी आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेटमै आम्तेकका सुसन तामाङ्गले गोल गरेपछि खेल एक/एकको बराबरीमा पुगेको थियो । खेलको पहिलो हाप एक/एक गोलको अवस्थामा टुंगिएको थियो ।

फाइनल खेलको उत्तरार्द्धको ४८ औं मिनेटमा भोजपुर ७ का बिष्णु भुजेलले १ गोल गरी १ का विरुद्ध २ को स्थितिमा पुर्‍याएका थिए । दोस्रो हापको ६१ औं मिनेटमा भोजपुर नगरपालिका-११ आम्तेककका सुुुसन तामाङ्गको अर्काे गोल थप्दै खेललाई बरावरीमा ल्याए । खेलको अन्तिम समयमा सुसन तामाङ्गले हृयाटि्रक गरेसँगै उपाधि पक्का गरे ।

भोजपुर नगरपालिकाको मुख्य प्रायोजन तथा भोजपुर जिल्ला फुटबल संघको आयोजनामा गत १७ गतेबाट सञ्चालन गरिएको प्रतियोगिताबाट भोजपुर युथ एकेडेमिका खेलाडि प्रशान्त राई उदाउँदो खेलाडी घोषित भइ नगद ३ हजार हात पारेका छन् ।

उत्कृष्ट डिफेन्स भोजपुर नगरपालिका-७ का खेलाडि रेमन उदास भए भने उत्कृष्ट मिडफिल्डर आम्तेक ११ का उमेश कार्की भए ।

उत्कृष्ट स्ट्राइकर सुसन तामाङ्ग भएका छन । उत्कृष्ट गोलरक्षक आम्तेक-११ का रेम्वो चौधरी भएका छन् । उत्कृष्ट खेलाडी भोजपुर नगरपालिका-७ का विजय भुजेल भएका थिए । जम्मा १७ टिम प्रतिस्पर्धामा उत्रिएको फुटबल संघका जिल्ला अध्यक्ष प्रविण सुवालले बताए ।

खेलका विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आले लगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment