Comments Add Comment

छैटौं मणिमुकुन्द कप पुरुष भलिबलको उपाधि रुपन्देहीलाई

२४ फागुन, बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको आयोजनामा भएको छैटौ मणिमुकुन्द कप ५ नं. प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रुपन्देही जिल्लाले जितेको छ ।

शुक्रबार भएको फाइनल खेलमा गुल्मीलाई ३–२ को सेटमा पराजित गर्दै रुपन्देही उपाधि चुमेको हो । उपाधिसंगै रुपन्देहीले नगद १ लाख १ हजार पुरस्कार पाएको छ भने उपविजेता गुल्मीले ७१ हजार रुपैयाँमा चित्त बुझायो । तेस्रो भएको जिल्ला भलिबल संघले ४४ हजार र चौथो भएको जिल्ला भलिबल संघ पाल्पाले २२ हजार रुपैयाँ पाएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी गुल्मीका विक्रम थापा घोषित हुँदै ५ हजार पाए । रुपन्देहीका लोकेन्द्र भण्डारी उत्कृष्ट सटर, पाल्पाका देउबहादुर सेन्जाली उत्कृष्ट ब्लकर, रुपन्देहीका थमन खत्री उत्कृष्ट स्पाईकर, गुल्मीका डोल बहादुर थापा उत्कृष्ट डिफेन्स, गुल्मीका मौसम कुवँर उत्कृष्ट सर्भर, रुपन्देहीका पुरन थापा उत्कृष्ट क्वीक स्पाइकर घोषित हुँदै जनही २ हजार ५ सय रुपैयाँ पाए ।

नवलपरासीका गोपाल चौधरी उदीयमान खेलाडीबाट पुरस्कृत भए । जिल्ला भलिबल संघ बाके अनुशासित टिमबाट पुरस्कृत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment