Comments Add Comment

आयोजक टीम झापा गोल्डकपको फाइनल प्रवेश

२४ फागुन, बिर्तामोड । आयोजक झापा ११ झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शुक्रबार भएको सेमिफाइनल खेलमा थ्रीस्टार क्लबलाई पेनाल्टीमा ३–१ ले पराजित गर्दै झापा फाइनलमा प्रवेश गरेको हो । झापा लगातार चौथो पटक फाइनलमा प्रवेश गरेको हो । तर झापाले अहिलेसम्म उपाधि हात पार्न सकेको छैन ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरी भएपछि १५ मिनेटको समय थप गरिएको थियो । थपिएको समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा थ्रीस्टारका रञ्जित धिमालले मात्र गोल गर्न सकेका थिए । बुद्ध लिम्बुको प्रहार किपरले बचाए भने रुपेश केसी र मिक्चेन तामाङको प्रहार बाहिरिएको थियो ।

झापाका लागि हेमन गुरुङ र कर्ण लिम्बुको प्रहार थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले रोकेका थिए । तर पुजन उपरकोटी, देबेन्द्र तामाङ, र गोलरक्षक दिनेश थापामगरले गोल गर्न सफल भए ।

फाइनल प्रवेशका लागि भोलि आर्मीले डफिन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment